दार्चुला महोत्सवमा सबैभन्दा बढि दर्शकहरुले रुचाएँकी ज्योती मगरको धमाका 

५ बर्ष अघि

२0७५ फाल्गुन ३ शुक्रबार

दार्चुला महोत्सवमा  सबैभन्दा बढि दर्शकहरुले रुचाएँकी ज्योती मगरको धमाका 

ललित सामन्त, फागुन ३ दार्चुला ।  सुदुरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवको आठैँ दिन शुत्रबार चर्चीत लोक तथा दोहोरी गायिका ज्योती मगरले धमाकार प्रस्तुती गरेकीिछन् । लोक तथा दोहोरीको क्षेत्रमा छुट्टै पहिचान बनाएकी  बहू चर्चीत गायिका ज्योति मगरले मौसम प्रतिकुल भएपनि दार्चुलाका युवावर्गमा जोश भरेकी छिन् ।


ज्योती मगर गाएका सबै गीतहरु दर्शकहरुले निकै रुचाँएका छन् । गायिका ज्याती मगरले सबैले लगाउने चोली भित्र के छ, नाचैँला मादलको तालैमा,   लगायतका थुप्रै चर्चीत गीतहरु गाएर दार्चुलाका दर्शकहरुलाइ नचाएकी हुन् ।

दार्चुला महोत्बसमा आजसम्म दर्शकहरुले सुदुरपश्चिमका चक्र बम, आर जे लगायत  कलाकारलार्इ मात्रै बढी रुचाएको भएपनि ज्योती मगरले अरु कलाकारको तुलनामा  सबैभन्दा बढि दर्शकहरुले रुचाउनुको साथै माया पनि पाएँकिछिन् । दर्शकहरुको टिकट काउन्टरमा पनि अरु दिनको तुलनामा आज बढी नै भिड थियो ।