दार्चुलाका प्रहरी प्रमुख नवराज अधिकारीको एक कार्यक्रमगरी विदाई 

५ बर्ष अघि

२0७५ फाल्गुन ३ शुक्रबार

दार्चुलाका प्रहरी प्रमुख नवराज अधिकारीको एक कार्यक्रमगरी विदाई 

ललित सामन्त,फागुन ३ दार्चुला । दार्चुलाका प्रहरी प्रमुख नवराज अधिकारीको एक कार्यक्रमगरी शुक्रबार नागरीक समाज र जिल्लाप्रहरी कार्यालयको आयोजना विदाई गरिएको छ । महाककाली नगरपालिका प्रमुख हंस राज भट्टको अध्यक्षतामा भएको विदाई कार्यक्रममा गरीएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख रुपमा रहेर कुशलतापूर्वक आफ्नो कार्यभार सम्हालनु भएका दार्चुलाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारी  दार्चुलाबाट विदाई हुुने भएको छ ।
आफ्नो नौ महिना कार्यकाल दार्चुलामा विताउनु भएका अधिकारी  २०७५ जेष्ठ ४ गते मात्रै दार्चुला पुगेका प्रहरी प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालयको नियमीत सरुवा मार्फत काठमाण्डौ बाट सरुवाभई आउनु भएको थियो ।
छोटो समयमा प्रहरी प्रमुख नवराज अधिकारीले मुख्य  समस्याको रुपमा रहेको लागुऔषध दुव्र्यसनी नियन्त्रणमा महत्वपूर्ण भुमिका निभाउनु भएको थियो ।
जिल्लाको प्रमुख सामाजिक समस्याको रुपमा रहेको लागुऔषध दुव्र्यसनी नियन्त्रणको लागि विशेष सक्रियता जनाउनु भएका प्रहरी प्रमुखले जिल्लाको विभिन्न नाकामा कडाई संगै प्रयोगकर्ता र कारोबारीलाई ठूलो मात्रमा कार्वाहि गर्नु भएको थियो ।
जिल्लामा हाल सम्मकै सबै भन्दा ठूलो परिमाणमा डिएसपी अधिकारीको कार्याकालमा लागुऔषध दुव्र्यसनीहरुलाई कार्वाहि संगै नियन्त्रणको प्रयास भएको छ ।
प्रहरी प्रमुखको सक्रियतामा जिल्ला भित्रने लागुऔषध कारोबारीलाई समेत पक्राउ गरेर कार्वाहि हुन थाले पछि पछिल्लो समय सदरमुकाम लगायत आसपासका क्षेत्रमा लागुऔषध प्रयोगकर्तामा कमी आएको स्थानिय नागरिकहरुको भनाई रहेको छ ।
जिल्लाको प्रमुख समस्याको रुपमा रहेको लागुऔषध दुव्र्यसनी नियन्त्रण संगै शान्ति सुरक्षा स्थापनामा समेत प्रमुख अधिकारीको सक्रियता रहेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुला आन्तरिक व्यवस्थापनमा समेत प्रमुख भट्टले विभिन्न परिवर्तन ल्याउनु भएको छ । जिल्ला प्रहरी कार्यालय परिसरको सरसफाई र व्यवस्थापन समेतमा विगतमा भन्दा धेरै फरक पाईएको नागरिकहरुको भनाई रहेको छ ।
अर्को तर्फ नागरिकलाई प्रहरी सेवा सहजताको लागि नागरिक साहयता कक्षलाई प्रभावकारी ढंगबाट संचालन गर्दै प्रहरी नागरिकमैत्री बन्ने अभियान समेत अधिकारीले संचालन गर्नु भएको थियो ।
जिल्लाका विभिन्न स्थानमा समेत प्रहरीको सक्रियतालाई वृद्धि गर्दै शान्ति सुरक्षा कायम गर्नु पर्ने प्रहरीको उपस्तिथी नरहेको स्थानमा समेत प्रहरीको उपस्तिथी र सक्रियतामा प्रहरी प्रमुख अधिकारीको  नेतृत्वले सफलता हासिल गरेको थियो ।
विभिन्न घटनाहरुको गहिरो अनुसन्धान गर्दै अनुसन्धानको दायरालाई फराकिलो पार्दै त्यसको सफलता प्राप्त गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रमुख अधिकारी नेतृत्व सफल भएको मान्न सकिन्छ ।