दार्चुलामा चाहैँई नाच

५ बर्ष अघि

२0७५ फाल्गुन ३ शुक्रबार

दार्चुलामा चाहैँई नाच

सुलोचना महता, फागुन ३ दार्चुला । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका स्थानीयहरुमा प्रचलित नृत्य चाहैँई नाच हो । यो नृत्य चाडपर्व, जात्रा, भोजभतेज लगायत रमाइलो अवसरहरुमा अपीहिमाल गाउँपालिकाका स्थानीयहरुले पञ्चेबाजा बजाएर नाच्दछन् । यो नृत्य वृत्ताकार शैलीमा घेराउ बनाएर बाजा सँगै गीत गाएर नाचिन्छ । चाहैँई नाचमा पञ्चेबाजा बजाउँदा टोपीमा हातले बुनेको दोचा र शीरमा गुचेली र दोचा लगायत अन्य कोट लाएर पुरुषहरुले हातमा लठ्ठी समातेर नाँच्ने गरीन्छ । चाहैँई नाच दार्चुला जिल्लाको छुट्टै नौलो किसिमको संस्कृति अपिहिमाल गाउँपालिकामा रहेको छ । चाहैँई नाच जात्रा, चाडपर्व, मेला, भोजभतेरमा बढापाखा, युवा लगायत तन्नेरीहरुले नाच्छन् । अपीहिमाल गाउँपालिकाका स्थानीयहरुले दार्चुला जिल्लामा सञ्चालित सुदुरपश्चिम व्यापार मेला तथा दार्चुला महोत्सवमा चाहैँई नाचको प्रदशर्नी गरेका छन् ।