दार्चुलाकी छाेरी रोकायले महोत्सवमा स्थानीय भाकामा दमदार प्रस्तुती 

५ बर्ष अघि

२0७५ फाल्गुन २ बिहीबार

दार्चुलाकी छाेरी रोकायले महोत्सवमा स्थानीय भाकामा दमदार प्रस्तुती 

 

सुलाेचना महता, फागुन २ दार्चुला । दार्चुला सञ्चालित सुदुरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवमा दिपा रोकायले स्थानीय भाकामा दमदार प्रस्तुती गरेकी छिन् । बिहीबार दार्चुला महोत्सवको सातौँ  दिनमा  डेउडा गीत तथा पहाडी भेगमा गाइने ठाडी भाकामा थुपै गीत गाएर आफ्नो छुट्टै पहिचान बनाउनुको साथै स्थानीय संस्कृतिको जर्गेना गर्नमा सहयोग पुर्याएकी छिन् । दार्चुला जिल्ला अपिहिमाल गाउँपालिमाको खण्डेश्वरी घर भएकी  रोकायले महोत्सवमा डेउडा गीत तथा ठाडी भाकाका गीतहरुमा तेरो फोटो सिरानी भिज्यो आशुले, माया प्रति जुनी जुनी रहि जाउँ, समझना छाडी गएइ  लगायतका थुप्रै चर्चीत गीतहरु गाएर दार्चुलाका दर्शकहरुलार्इ मनोरञ्जन दिनुका साथै लोक संस्कृतिको जर्गेना गरेकी छिन् । दार्चुला महोत्वसमा डेउडा गीत तथा ठाडी भाकाका स्थानीय गीतहरु गाए पनि युवा पढीले अरु कलाकारहरु जति नरुचाएँ पनि रोकायले आफ्नो कला संस्कृतिको प्रर्दशन गरेकी छिन् । दार्चुलाकी छोरी रोकायले स्थानीय भाकामा गीत प्रस्तुती गरेको हुदाँ वृद्धवृद्धा, स्थानीय भाका तथा लोक संस्कृति प्रेमीहरुले निकै रुचाउँनुका साथै स्थानीय कला संस्कृतिको विकासमा जोड दिएकी छिन् ।