दार्चुला महोत्सवमा राजेन्द्र भट्टले पानीसित नै दर्शकहरुलाई नचाए 

५ बर्ष अघि

२0७५ फाल्गुन २ बिहीबार

दार्चुला महोत्सवमा राजेन्द्र भट्टले पानीसित नै दर्शकहरुलाई नचाए 

ललित सामन्त,फागुन २ दार्चुला  सुदूरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७५ को सातौँ दिनमा पुग्दा दर्शकहरुको आकर्षण बढ्दै गएको छ थियो ।  । अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास, मालिकार्जुनको आगँन, दार्चुलाको शाख मूल नाराका साथ शुक्रबार उद्घाटन भएको महोत्सबमा राजेन्द्र भट्टले चर्चीत कलाकार  राजेन्द्र भट्टको  प्रस्तुतीमा दर्शकहरु सबैभन्दा बढी रमाएका छन् ।दार्चुला महोत्सबमा विहीबार  चर्चीत कलाकाररामजी खाण ,सिर्जना खत्री रमेश धामी,राजन्द्र भट्ट दिपा रोकाया , लगायतले प्रस्तुती राखेका छन् ।

रकस्टारको रुपमा चर्चित सुदूरपश्चिमेली कलाकार भट्टले पूरै महोत्सव स्थलमा पुगेका दर्शकलाई गाउँदै नचाएका हुन् । भुलागाउँकी सुन्दरी दुनिया तेरा अगाडी नाच्ने गाउँने कुरेडी आया सिस्टर आर जे सबै आगाडी  गोलो गोलो घेरो, तिम्रो कम्मरको ट्टुले  लगायतका एक थुप्रै गित गाएपछि पानी संगै दर्शकहरुलाई नचाउनुको साथै रमाइलो गराएका छन् । उहाँले गाएको गीतका कारण प्रहरीलाई समेत दर्शकलाई शान्त गर्न धौ धौ परेको थियो ।सबै ठाउँमा दर्शकहरु पानी संगै नाच्न थालेपछि प्रहरीले एकातिर जानुपरेको थियो ।

अहिलेसम्म सुपर हिट गायकको रुपमा चर्चित डिजे कलाकार भट्टले दार्चुलेलीको मन जितेको छ । यसअघि प्रस्तुती राखेका कलाकार महेश औजी, बिष्णु खत्री, तारा थापा, हेमा राना मगरका साथै भारतीय कलाकारहरु नारायण सौडारी, बेबी प्रियंका, प्रकास बेलाल, नारायण सिह, राजु नेघी लगायतले प्रस्तुती राखेर फर्कीसकेका छन् । सुरेश शाही ,पुष्पा बोहरा मनिस खड्का, श्रीकृष्ण श्रेष्ठ,च्रक बम, लगायतका युप्रै कलाकारहरुले गाइसके छन्  फागुन ५ गतेसम्म सञ्चालन हुने महोत्सबमा दुई दर्जनबढी चर्चीत कलाकारहरु आउँने कार्यतालिका छ ।