नेतृत्व तथा निणर्य क्षमता विकास सम्बन्धी तालिम सम्पन्न 

५ बर्ष अघि

२0७५ फाल्गुन २ बिहीबार

नेतृत्व तथा निणर्य क्षमता विकास सम्बन्धी तालिम सम्पन्न 


सुलोचना महता, फागुन २ दार्चुला । दार्चुला जिल्ला सदरमुकाममा कृषक समुह तथा सहकारीका सदस्यका लागि नेतृत्व तथा निणर्य क्षमता विकास सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना अन्र्तगत रहेको आयोजना व्यवस्थापन इकाई नेपालगञ्ज बाकेको आयोजनामा बुधबार देखि सञ्चालन भएको दुई दिने तालिम विहीबार सम्पन्न भएको हो । 
कृषक समुह तथा सहकारीका सदस्यकाहरुलाई कृषि सम्बन्धी सञ्चालित समुह तथा सहकारीहरुमा कसरी कुशल नेतृत्व तथा निणर्य गर्ने तथा असल नेतृत्वकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको आयोजना व्यवस्थापन इकाई नेपालगञ्ज बाकेका अनुगमन मुल्याङकन अधिकृत हरीप्रसाद पनेरुले जानकारी दिए ।  नेतृत्व तथा निणर्य क्षमता विकास सम्बन्धी तालिम नेपालको १० जिल्ला मध्ये मध्यपश्चिम क्षेत्रको पदेश नम्बर ५ को दाङ, बर्दीया र बाँके तथा प्रदेश नम्बर ६ को सुखेत र देलेख र सुदुरपश्चिम प्रदेशको डोटी, कैलाली,डडेल्धुरा, दार्चुलामा सम्पन्न भईसक्नुको साथै बैतडीमा पनि केही दिन मै सम्पन्न हुने आयोजना व्यवस्थापन इकाई नेपालगञ्ज बाकेका अनुगमन मुल्याङकन अधिकृत पनेरुले जानकारी बताए ।