लगातार तिन दिन धेरै ठाउँमा पानी पर्ने

५ बर्ष अघि

२0७५ फाल्गुन २ बिहीबार

लगातार तिन दिन  धेरै ठाउँमा  पानी पर्ने


दृष्टिकोण समाचार फागुन २ ।देशको पश्चिमी भू-भागका धेरै स्थानहरूमा माैसम सामान्य देखि पूर्ण बदली रही लगातार तिन दिन सम्म कही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पूर्व र मध्य नेपालमा सामान्य बदली रहि मध्य र पुर्बका पहाडी भू-भागका धेरै ठाउँमा पानी पर्ने मौसमविद्काे अनुमान छ  । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ। पश्चिमी वायुको प्रभावले अहिले पूर्वबाहेक अन्य भूभागको मौसम बदली भएको छ । अाज बिहिबार, भाेली शुक्रबार र पर्सी शनिबार सम्म  देशको अधिकांश केही भू-भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपात पनि पर्ने सम्भावना रहेकाे छ । यसपाली भारी वर्षासँगै हिमपातले गर्दा जनजीवन निकै प्रभावित बनेकाे छ ।