कमल बहादुर थापालाई महाकाली नगरपालिकाले प्रशासकिय प्रमुखको जिम्मेवारी दियो 

५ बर्ष अघि

२0७५ फाल्गुन २ बिहीबार

कमल बहादुर थापालाई महाकाली नगरपालिकाले प्रशासकिय प्रमुखको जिम्मेवारी दियो 

ललित सामन्त,फागुन्न २ दार्चुला । दार्चुलाका जिल्ला समन्वय अधिकारी कमल बहादुर थापालाई महाकाली नगरपालिकाले प्रशासकिय प्रमुखको जिम्मा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय  अधिकृत लोकवहादुर भण्डारी काठमाण्डौ विदामा वसेपछि संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिका कर्मचारीलाई महाकाली नगरपालिकाले प्रशासकिय प्रमुख कमल बहादुर थापालाई प्रशासकिय प्रमुखको जिम्मेवारी दिएको महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्टले बताउनु भयो । 
 प्रशासकिय प्रमुख भण्डारीले पुषको अन्तिम साता मात्रै विदामा बस्न खोज्दा नगर प्रमुख हंस राज भट्टले विदास्वाकृत नगरेको नगर पालिकाका प्रमुख भट्टले बताउनु भयो । नगर प्रमुखले विदा स्वीकृत नगरेपछि  प्रशासकिय प्रमुख भण्डारी २६ गते दार्चुला बाट हिडेका थिए । पुष २६ देखि ३ दिनको क्याजुेअल विदा र त्यसपछि विदामा बस्ने गरी भण्डारीले दार्चुला छाडेका थिए ।
 प्रमुख प्रशासकिय अधिकृतले विदा बस्ने भनेपछि आफुले कार्यालयमा कामको चाप भएकाले तत्काल विदा नबसन भनेका] नगर प्रमुख हंस राज भट्टले बताउनु भयो । भण्डारीले मन्त्रालयबाट १५ दिनको विदा स्वाकृत गराइसकेको छन् 
नगरपालिकाको दैनिक कामकाज प्रभावित भएपछि आपफुले मन्त्रालयसंग पहल गरी जिल्ला समन्वय अधिकारीलाई नगरपालिकाले थप जिम्मेबारी दिलाएको नगर प्रमुख भट्टले बताउनु भयो । संघिय मामिला तथा सामान्य अधिकारी कमल बहादुर थापालाई थप जिम्मेवारी दिएको हो ।
 जिल्ला समन्वय अधिकारी थापालाई अर्काे व्यवस्था नभएसम्मको लागि महाकाली नगरपालिकाको कार्यालय दार्चुलाको प्रशासकिय र आर्थिक सहित प्रमुख प्रशासकिय अधिकृतको थप जिम्मेवारी दिइएको पत्रमा लेखिएको पनि नगर प्रमुख भट्टले बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर भण्डारी ३ महिनाअघि मात्रै महाकाली नगरपालिकामा आएका थिए ।