देशभरि २४ औँ जनयुद्ध दिवस मानाए संगै दार्चुलामा पनि प्रेम सिह धामीको फोटोमा माल्यापण 

५ बर्ष अघि

२0७५ फाल्गुन १ बुधबार

देशभरि २४ औँ जनयुद्ध दिवस मानाए संगै दार्चुलामा पनि प्रेम सिह धामीको फोटोमा माल्यापण 

ललित सामन्त, फागुन्न १ दार्चुला २४ औँ जनयुद्ध दिवसको अवसर  पारेर दार्चुलाका नेकपाका नेताहरुले प्रेम सिह धामीको फोटोमा माल्यापण गर्नु भएको छ ।  ‘कालापानी नेपालको मुटु हो’, ‘दार्चुलाको पीडा किन दुख्दैन सिंहदरवारलाई’ भन्ने महान बाणीका राष्ट्रबादी नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा खलंगा बजारमा रहेको प्रेमसिह धामीको सालिकमा माल्यार्पण गर्दै   जनयुद्ध दिवस मनाईएको हो । २००९ सालमा दार्चुलाको मालिकार्जुनमा जन्मीएका नेता प्रेमसिह धामीको २०५४ साल भाद्र २७ गते नुवाकोटमा जिप दुर्घटनामा मृत्यु भएको थियो ।
२०४८ सालबाट प्रत्यक्ष राजनीतिमा प्रेवश गरेका धामी त्यो भन्दा पहिले नेपाल सरकारको जागिरमा शिक्षा क्षेत्रमा विद्यालय निरिक्षक थिए । २०४८ सालमा कञ्चनपुर जिल्लाबाट निर्वाचन लडेका धामी पराजित भएपछि २०४९ सालमा राष्ट्रिय सभा सदस्यमा चयन भएका थिए । 
२०५० सालमा पार्टीको पाँचौँ राष्ट्रय अधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका धामी २०५१ सालका मध्यावधिक निर्वाचनामा दार्चुला जिल्लाबाट निर्वाचित भएपछि एमाले सरकारको आवास तथा भौतिक पूर्वाधार राज्य मन्त्री बनेका थिए । राजनीतिमा सक्रिय धामी केन्द्रमा महाकाली सन्धी र कालापानीको मुद्दालाई कट्रताका साथ उठान गरेर राष्ट्रका लागि ज्यान सम्म बलिदान गर्ने एक कर्मठ निडर र कट्टरबादी राष्ट्रनेताका रुपमा परिचित छन् । दार्चुला नेकपा का प्रस्तापित अध्यक्ष ,सचिव समन्वय समिती उप प्रमुख,स्थानिय सरकार प्रमुख जमन धामी ,प्रेम सिह धामी नेता राम दत्त जोशी,विजय धामी ,चरण वु डाथोकी शेर सिह धामी ,लगायत नेताहरु। सहभागिता रहेको थियो ।