नगर प्रमुख हंस राज भट्टले दिए खेलाडीहरुलाई मञ्चबाटै शुभकामना 

५ बर्ष अघि

२0७५ फाल्गुन १ बुधबार

नगर प्रमुख हंस राज भट्टले दिए खेलाडीहरुलाई मञ्चबाटै शुभकामना 

ललित सामन्त,फागुन्न १ दार्चुला । आठौ राष्ट््िरय खेलुकद प्रतियोगितामा सहभागिहुनु भएका दार्चुलाका खेलाडीहरुलाई आज एक कार्यक्रम गरी मञ्चबाटै शुधकामना दिनु भएको छ ।  
विदाई कार्यक्रममा नगर प्रमुख भट्टले खेलाडीहरुलाई खेलमा उत्कृष्ट प्रदर्शन गरी प्रथम स्थान हासिल गर्न समेत शुभकामना दिनुभएको छ । साथै नगर कराते बक्सिङ्ग जस्ता खेलहरु निकै अनुसासन पुर्वक खेलाइने भन्दै उहाले पुर्ण अनुसासनका साथ उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई सुझाव दिनु भएको हो । 
   बुधबार त्यसतर्फ प्रस्थान गरेको खेलाडीहरुको टोलीलाई नगर प्रमुख भट्टले विदाई गर्नु भएको  हो  विभिन्न मितिमा हुने विभिन्न खेलहरुमा सहभागिता जनाउन दार्चुला जिल्लाबाट खेलाडीहरुको टोली बुधबार कञ्चनपुरको महेन्द्रनगर प्रस्थान गरेको हो । दार्चुला जिल्लाका ६ जना पुरुष तथा ४ जना महिलाले एथ्लेटिक्स, १२ जनाले हेण्डबल र ५ जना पुरुष तथा ३ जना महिलाले व्याडमिन्टन खेलमा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।