दार्चुला महोत्सवमा स्थानीय कलाकारहरुको प्रस्तुती

५ बर्ष अघि

२0७५ फाल्गुन १ बुधबार

दार्चुला महोत्सवमा स्थानीय कलाकारहरुको प्रस्तुती

  
सुलाेचना महता, फागुन १ दार्चुला ।  दार्चुला जिल्ला सदरमुकाम खलंगामा सञ्चालन भईरहेको दार्चुला महोत्सवमा स्थानीय कलाकारहरुले प्राथमिकता पाएका छन् । “अपि नाम्पा, चौलानी र महाकालीको काख, कैलाश, मालिकार्जुनको आगँन, दार्चुलाको शाख” भन्ने मुल नाराका साथ गत माघ महिनाको २५ गते देखि सञ्चालन भइरहेको सुदुरपश्चिम व्यापार मेला तथा दार्चुला महोत्सवमा दार्चुला जिल्लाका तथा सुदुरपश्चिमका कलाकारहरुलाई समेटेको उद्योग वाणिज्य संघ दार्चुलाले जनाएको छ । स्थानीय कलाकारलाई उपेक्षा नगरीकन समग्र सुदुरपश्चिमको कला संस्कृतिको जर्गेना गर्नका लागि स्थानीय कलाकारहरुलाई प्राथमिकता दिएको दार्चुला उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिँह ठगुन्नाले जानकारी दिए । दार्चुला महोत्सवमा स्थानीय कलाकार तथा दार्चुला जिल्लाको कान्छी ÷बाल गायिका रुपमा चर्चित धौली सामन्त, विरेन्द्र जोहारी लगायत स्थानीय कलाकारहरुले आफनो कला प्रस्तुत गरेका छन् । सुदुरपश्चिमको कला संस्कृतिकाे प्रचारप्रसार तथा विकास  गर्नका लागि महोत्सवमा प्रत्येक दिन दोहोरी गीतको पनि प्रस्तुती राखिएको आयोजकले जनाएको छ । स्थानीय कलाकारहरुले दार्चुला महोत्सव आफ्नो कला, संस्कृति तथा प्रतिभा प्रस्तुत गरी लाेक संस्कृतिकाे जर्गेना गरेका छन् । महोत्सवमा नेपालको दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुुदायको मौलीक संस्कृति भेषभुषाको प्रर्दशन, दुहु, मार्मा, मल्देश, लेकम र ब्याँस क्षेत्रको मौलीक भेषभुषा र संस्कृतिको प्रर्दशनी समेत भएकाे छ ।