खानेपानी ढल तथा सरसफाई उपभोक्ता समिति कार्यालयको उद्घाटन

५ बर्ष अघि

२0७५ फाल्गुन १ बुधबार

 खानेपानी ढल तथा सरसफाई उपभोक्ता समिति कार्यालयको उद्घाटन


दृष्टिकोण समाचार फागुन १ दार्चुला । दार्चुलाको सदरमुकाममा रहेको महाकाली नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी खानेपानी ढल तथा सरसफाई उपभोक्ता समितिको कार्यालय खलंगा दार्चुलाको बुधबार उद्घाटन गरेको छ । समितिका अध्यक्ष जयदेव जोशीको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी ढल तथा सरसफाई उपभोक्ता समिति महाकाली नगरपालिका खलंगा, दार्चुलाको कार्यालय जिल्ला समन्वय समितिका प्रमुख करबीर बहादुर कार्कीले उद्घाटन गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख करबीर बहादुर कार्की, नेपाली कांग्रेस दार्चुलाका सभापति ललीत सिँह बोहरा लगायत अन्य व्यक्तिहरुले शुभकामना व्यक्ति गरेका छन् । सदरमुकाम खलंगा बजारमा खानेपानी ढल तथा सरसफाईको व्यवस्थित हुन नसकेकोमा खानेपानी ढल तथा सरसफाई उपभोक्ता समिति कार्यालयको स्थापना भएपछि नगर क्षेत्र व्यवस्थित हुन सक्ने स्थानीयहरुको भनाई छ ।