नेतृत्व तथा निणर्य क्षमता विकास सम्बन्धी तालिम सञ्चालन

५ बर्ष अघि

२0७५ फाल्गुन १ बुधबार

नेतृत्व तथा निणर्य क्षमता विकास सम्बन्धी तालिम सञ्चालन


सुलोचना महता, फागुन १ दार्चुला । दार्चुला जिल्लामा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना अन्र्तगत रहेको आयोजना व्यवस्थापन इकाई नेपालगञ्ज बाकेको आयोजनामा बुधबार देखि कृषक समुह तथा सहकारीका सदस्यका लागि नेतृत्व तथा निणर्य क्षमता विकास सम्बन्धी दुई दिने तालिम शुरु भएको छ । दुर्गम ठाउँका कृषक समुह तथा सहकारीका सदस्यकाहरुलाई कृषि सम्बन्धी सञ्चालन भएका समुह तथा सहकारीलाई दिगो रुपमा सञ्चालन गरी समाज सुधार तथा स्थानीयहरुको जीवनस्तर माथि उकास्ने उद्देश्यले तालिमको आयोजना गरेको आयोजना व्यवस्थापन इकाई नेपालगञ्ज बाकेका अनुगमन मुल्याङकन अधिकृत हरीप्रसाद पनेरुले जानकारी दिए । दार्चुला जिल्ला भरी रहेका ११ वटा कृषि सम्बन्धी समुह तथा सहकारी संस्थाका २३ जना सदस्यहरुले तालिममा  सहभागिता जनाएका छन् ।