बार्षिक १ लाख आम्दानी ,६० हजार वचत गर्छन् भर्तोलाका एक व्यवसायी 

५ बर्ष अघि

२0७५ फाल्गुन १ बुधबार

बार्षिक १ लाख आम्दानी ,६० हजार वचत गर्छन् भर्तोलाका एक व्यवसायी 

 

ललित सामन्त,फागुन्न १ दार्चुला । आफ्नै ठाउँमा दुःख गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मालिकार्जुन गाउँपालिका १ भर्तोलाका गौर सिह बोहरा माहुरी पालेर बार्षिक लाखौ रुपयाँ आम्दानी गर्न सफल हुन भएको छ ।बोहराले मासिक  ६० हजार रुपैँया बचत गर्ने गर्दछन् । २०७४ सालको स्थानीय तहको चुनावमा उढेका बोहराले चुनाव बाट हारेपछि निरन्तर मौरी व्यवसाय अंगालेका बोहराले पछिल्लो समय राम्रो व्यवसाय संञ्चालन गरिरहेका छन् । 
मौरीपालन व्यवासाय सुरु गरेकोे १३ वर्ष पहिले देखि नै भएता पनि विचमा केही चुनावमा हेर्न सकिएन र चुनाव बाट हारिसके पछि मौरी व्यवसाय बाट मुख्य आम्दानीको श्रोत बनाउँदै आउँनु भएको छ ।५ वटा घारबाट माहुरी बाट सुरु गर्नु भएका उहाँले हाल बढाएर  ७०घार पुर्याउनु भएको छ । उहाँले सिजनमा  ३ र  ४जनालाई रोजगार समेत दिदै आउँनु भएको छ । 
 गौर सिह बोहरा संग माहुरी पालन विषयमा  पत्रकार ललित सामन्तले गरेको कुराकानी ​​​​​​​
१ कति लगानीमा माहुरीपालन सुरुवात गर्नु भएको हो 
विगत १२ वर्ष पहिला माहुरीपालन सुरुवात गर्दा ५० हजार लगानीमा सुरु गरे , त्यो समयमा ५ घार माहुरीबाट सुरुगरेको थिए । जतीबेला घरकै लागी सुरु गरिएको हो । विस्तारै त्यसैलाई अहिले व्यवसायको रुपमा संचालन गरिरहेको छु ।
२ पहिले र अहिले के फरक पाउनु भएको छ 
सुरुमा समयमा माहुरी लाई कसरी हुर्काउने , मह कसरी निकाल्ने चिन्ता हुन्थ्यो गर्दै जादा सबैकुरा मिल्दो रहेछ । पहिले प्रविधिक ज्ञान थिएन अरुको सहयोग लिनु पर्न अबस्था थियो । सहयोग लिन पनि गाह्रो हुने गाउँमा कसैले माहुरी पालेका थिएनन् त्यसैले पनि आफुलाई चाहिने सिप सिक्न पनी टाढा पुग्नु पर्न बाध्यता थियो । गर्दै जादाँ सवै कुराको अनभव हुदो रहेछ , अहिले बसैजानेको र सकिेको हुदा प्रविधिक लगाएतका कुराहरुको सहयोगको आवश्यकता पदैन । अहिले सबैकुरा सह ज ब नेको छ ।
३ माहुरी पाल्न के के आवश्यकता पर्दो रहेछ 
पहिलो कुरा लगानीको त आवश्यकत पर्यो नै लगानी संग संगै सिप सिक्न पनि एकदमै जरुरी हुन्छ । माहुरीबपालन सम्बन्धि विभिन्न समयमा जिल्ला तहमा तालिमहरु पनि सन्चालन हुने गर्दछन् । ति तालिममा सहभागी भएर रामा्रे फाईदा लिन सकिन्छ । त्यस्ता तालिममा थोरै घार माहुरीलाई कसरी धेरै बनाउने , भाले माहुरी उत्पादन कसरी बढाउने लगाएतका कुराको जानकारी गराईने हुदा व्यवसाय गर्न सजिलो हुन्छ त्यसैले तालिमको एकदम आवश्यकता पर्दछ ।
४ अहिले माहुरीका घार कति छन् , वार्षिक आम्दानी कति हुन्छ  एक्लै गर्नु हुन्छ की सहयोगी पनि हुनुहुन्छ 
५ घारबाट शुरु गरेको अहिले ७० घारमा पुगेको छ । मह उतपादनबाट वार्षिक   १ लाख सम्म आम्दानी हुन्छ । त्यसमा लगानी कटाएर   ६० हजार विचमा आम्दानी हुने गरेको छ । एक्लै अलि सम्भव हुदैन सधै कामदार राख्ने गरेको छैन, सिजनमा  ३÷४ जना जती कामदारको आवश्यकता पर्छ ।  ३÷४   जना सहयोगीको रुपमा कामदार राख्ने गरेको छु समयमा १ दिन हेरेपछि एक हप्ता सम्म हेर्नु नपर्ने भएकाले पनि एक्लैले चलिरहेको हो । मह उत्पादनको लागी चार सीजन हुन्छ तोरी , सिसौँ , चिउरी र रुदिलो सजिलो तोरीको सीजनमा हुने हुदा चरणको लागी पनि हामीले तेहि समयमा लाने गर्छौ । आज भेलिको समयमा खासै उन्पादन पनि नहुने महुरीलाई चरण पनि हुदैन । सिजनको समयमा राम्रो आम्दानी हुन्छ ।
५ तपाई जस्तै माहुरी पाल्न चाहालेको लागी के भन्नु हुन्छ 
महुरी पालन घरायसी काम संगै गर्न सकिने हुदा त्यति धेरै अफ्ठेरो हुदैन म मेरै गाउ ठाउमा कबहि गर्छु भन्नेको लागी त पहिला थोरै सिप सिक्नुस २ ,४ घार पालेर हुन्छ भन्ने हुदैन त्यसरी गरेको कुनै पनि व्यवसाय सफल हुदैन । व्यवसाय सफल बनाउन लगानी र सिपको एकदमै आवश्यक छ । कुबनै पनि कामको सुरुबवात गर्दा जानकार भएर गदा राम्रो हुन्छ ।