महाकाली नगरपालिकाले सात वटा सडक निर्माणका लागि २ करोड ६० लाख रुपैँया विनियोजन

५ बर्ष अघि

२0७५ माघ २९ मंगलवार

महाकाली नगरपालिकाले सात वटा सडक निर्माणका लागि २ करोड ६० लाख रुपैँया विनियोजन


ललित सामन्त,माघ २९ दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिका भित्रका ७ वटा सडक बनाउनको लागि २ करोड ६० लाख रुपैँया विनियोजन गरेको छ । 
महाकाली नगरपालिकाले सडक सञ्जाल पहुँच बाहिर रहेका नागरिकहरुलाई यातायात सेवा पु¥याउने उद्देश्यले चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा अढाई करोड बजेट सडक निर्माणका लागि विनियोजन गरेको छ । महाकाली नगरकार्यपालिकाको आज बसेको बैठकले नगरपालिका भित्रका विभिन्न ७ ओटा सडक निर्माणका लागि उक्त बजेट विनियोजन गरेको नगरपालिकाका नगर प्रमुख हंस राज भट्टले  जानकारी दिनुभयो ।
नगरकार्यपालिकाको बैठकले छापरी सडकमा ५० लाख, निसिल–पौनेखोला सडकमा ५० लाख, थाप्ला सडकमा ४० लाख, डड्या–दोपखे सडकमा ४० लाख बजेट विनियोजन गरेको नगरप्रबक्ता जोशीले बताउनु भएको छ । साथै धौलीगाड सडकमा २० लाख, काँटै बाँज सडकमा ३० लाख र मुल्ला–मैखोली सडकमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर प्रबक्ता जोशीले जानकारी दिनु भयो ।
यस्तै जिल्ला अस्पताल दार्चुलाको ५० सैयाको निर्माण गर्न सुदुरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । जिल्ला अस्पताल दार्चुलाको अवस्थाका बारेमा विभिन्न टिका टिप्पणी हुने गरेका बेला महाकाली नगरपालिकाले ५० सैया निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 


महाकाली नगरपालिकाले गल्फै क्षेत्रको जग्गाको मुल्यमा देखिएको विविधतालाई हटाई एउटै मुल्य कायम गर्न सम्बन्धित पक्षलाई सिफारिस गर्ने तथा महाकाली नगरपालीका क्षेत्रको सार्वजनिक जग्गामा बनेका भौतिक संरचनाहरुको तथ्यांक संकलन गर्ने निणर्य गरेको छ । महाकाली नगरपालिकाका विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गामा भौतिक निर्माण गरिएका छन् । उक्त भौतिक संरचनाहरुको तथ्यांक संकलन गर्ने निर्णय गरेको नगर जोशीले जानकारी दिनुभयो । महाकाली नगरकार्यपालिकाको बैठकले विभिन्न तीनओटा कार्यविधिहरु समेत पारित गरेको छ । नगर प्रमुख हंस राज भट्टले महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले विभिन्न निर्णय गर्नुका साथै तीन ओटा कार्यविधिहरु पारित गरेको हो ।