दार्चुला महोत्सवमा मौलिक लोक संस्कृतिको झलक

५ बर्ष अघि

२0७५ माघ २९ मंगलवार

दार्चुला महोत्सवमा मौलिक लोक संस्कृतिको झलक

सुलाेचना महता माघ २९ दार्चुला । दार्चुला जिल्ला सदरमुकाममा सञ्चालन भईरहेको सुदुरपश्चिम व्यापार मेला तथा दार्चुला महोत्सवले दार्चुला जिल्लामा लुकेर रहेको मौलिक लोक संस्कृतिको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन, आकर्षण प्रदान गर्नुको साथै पुराना लोक संस्कृतिको जर्गेना गरेको छ । महोत्सवमा दार्चुला जिल्लाको विभिन्न ठाउँमा रहेको लोक संस्कृतिको पदर्शनी गर्नुका साथै स्थानीय कलाकारहरुलाई समेत समावेश गरी प्रत्येक दिन विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । महोत्सवमा आयोजकले दार्चुला जिल्लामा रहेको शौका नित्य लगायत अन्य स्थानीय तहमा रहेको मौलिक संस्कृतिको प्रदर्शन गराउने तथा सुदुरपश्चिममा गाइने लोक गीतलाई समेत समावेश गरी महोत्सव सञ्चालन भईरहेको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ ।