दार्चुलामा ढुङ्गा लागेर एक महिलाको मृत्यु

५ बर्ष अघि

२0७५ माघ २९ मंगलवार

दार्चुलामा ढुङ्गा लागेर एक महिलाको मृत्यु

सुलाेचना महता, माघ २९ दार्चुला ।  दार्चुलामा भिरबाट खसेको ढुङगा लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका तथा महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड बस्ने ३० वर्षिया कलावती टमटा हुन् । सोमबार दिउँसो पाचँ बजे जिल्ला समन्वय समितिको कार्यायलको मुनि तिर रहेको क्षेत्रमा माथिबाट खसेको ढुङगा टमटालाई लागेको हो । जिल्ला अस्पताल दार्चुलामा उपचार गर्ने कम्रमा टमटाको मृत्यु भएको प्रहरी निरक्षक रविन्द्र कटायतले बताए । मृतकको शव पोष्टमाटम गरी आफ्न्तलाई आज विहान जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।