दार्चुलाबाट बिरामी बोकेकाे एम्बुलेन्स बैतडिमा दुर्घटनाग्रस्त ।

६ बर्ष अघि

२0७५ जेष्ठ १३ आईतवार

दार्चुलाबाट बिरामी बोकेकाे एम्बुलेन्स बैतडिमा दुर्घटनाग्रस्त ।

दृष्टिकोण समाचार दार्चुला , जेठ १३ ।।

दार्चुलाबाट  बिरामी बोकेर धनगडिका लागी छुटेकाे   एम्लाबुलेन्स बैतडिकाे धर्मघरमा  दुर्घटना भएको छ । 
शनिबार बेलुकि ४ जना बिरामी बोकेर दार्चुलाबाट धनगडि जादै गरेकाे  म १ ज १०३ नम्बरको एम्बुलेन्स अाइतबार बिहाँन २ बजे बैतडिकाे धरमघरमा दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका ६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाको रुपमा रहेका सोही ठाउँका ४० बर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ बर्षीय गणेशदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८गाड खाेलाका  २४ बर्षीय गोविन्द सिह  धामी पनि घाइते भएका प्रहरीले जनाएको छ । महाकाली लोकमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटना भएकाे हाे । एम्बुलेन्स सडकबाट करीब २ सय  ५० मिटर तल  खसेको प्रहरीले जनाएको छ । घाइते सबैको प्रहरीले अार्इतबार बिहानै   उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताउनुभयो । एम्बुलेन्स दुर्घटनाको कारण भने  खुल्न सकेको छैन् ।