दार्चुला महोत्सवको पाचौँ दिन पनि राष्ट्रिय कलाकारहरुको सहभागिता रहने 

५ बर्ष अघि

२0७५ माघ २९ मंगलवार

दार्चुला महोत्सवको पाचौँ दिन पनि राष्ट्रिय कलाकारहरुको सहभागिता रहने 

ललित सामन्त,माघ २९ दार्चुला । अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास, मालिकार्जुनको आगँन, दार्चुलाको शाख भन्ने मूल नाराका साथ दार्चुला महोत्सवको आज पाचौँ दिन पनि राष्ट्रिय कलाकारहरु आउने भएका छन् । यहि माघ २५ गतेबाट सुरु भएको दार्चुला महोत्सव दश दिन सम्म चल्ने बताइएको छ । यसपालिको दार्चुला महोत्सवमा दुइ दर्जन भन्दा वडि कलाकारहरुको सहभागिता रहेको छ । भने पाचौँ दिन सम्म महेश कुमार औँजी,कृष्ण क्षेत्री,शृजना हुमागाइ, सावित्री भुजेल, उमा देवी खनाल ,कृष्ण धामी, ,तारा थापा,हेमा रानामगर, लगायतको सहभागिता रहेको थियो भने महोत्सवको पाचौँ दिन प्रिति आले,मनिस खड्का ,मनोज लोहारको आज प्रस्तुति रहने भएको छ ।

दार्चुला महोत्सवमा यस वर्ष भने १ सय ५१ स्टलहरु रहने भएका छन् ।यस्तै दार्चुला जिल्लाका बिभिन्न क्षेत्रको एकल नृत्य तथा गायन प्रतियोगिता, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा बिबिध मनोरञ्जनात्मक कार्यक्रम, निशुल्क उपचार सिबिर, शैक्षिक, धार्मीक तथा अन्य पुस्तक बिक्रि एबं अशक्तहरुलाइ निशुल्क स्थान प्रदान गरीने, जिल्लाको स्थानीय उत्पादनको प्रदर्शनी, प्रचारप्रसार, उपभोग र प्रबद्र्धन गर्ने, स्थानीय उद्यमी, ब्यावसायि र सेवा प्रदायकहरुको सहभागितामा बस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रबद्र्धन, बिशेष सहुलियत सहित सामानहरुको बिक्रि बितरण र प्रदर्शनी  भइरहेको उद्योग बाणिज्य संघले जनाएको छ ।