महोत्सवको चौथो दिन चक्र बमले तताए दार्चुला महोत्सव 

५ बर्ष अघि

२0७५ माघ २८ सोमबार

महोत्सवको चौथो दिन चक्र बमले तताए दार्चुला महोत्सव 

ललित सामन्त,माघ २८ दार्चुला । यहि माघ २५ गते बाट सुरु भएको सुदुरपश्चिम  पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सवको आज चौथो दिन मात्रै दार्चुला महोत्सवमा पुगेका चक्र बमले दार्चुला महोत्सव तताएका छन् । सोमबार मात्रै जिल्ला सदरमुकाम दार्चुला पुगेका बलमे दर्शकहरुलाई ताएका हुन ।
 मञ्चमा एक दर्जन जती कलाकारहरु भएता पनि अहिले युवापिडिले मागेको कलाकार मध्ये चक्र बलमलाइ नै चिनिन्छ ।  दार्चुला महोत्सवमा आफुले गाएका गितहरु दर्शकहरुको माझ राख्दा दर्शकहरु आ आफनो ठाउँबाट उभिएर नाच्न थालेपछि दार्चुला महोत्सव झनै तातेको हो । मञ्चमा कलाकारहरुको बाहुल्यता भएता पनि अहिलेको पिडिले मागेको कलाकार पनि चक्र बमलाई नै चिनिन्छन् ।

पछिल्लो समय आफनो छुट्टै पहिचान बनाएका चक्र बमले दार्चुला महोत्सवमा आएपछि दर्शकहरुको पनि अरु दिनको भन्दा बडि भिड रहेको थियो । दार्चुला महोत्सवमा पहिलो चोटी चक्र बम पुग्दा  दर्शकहरुको घुइचो पनि लागेको थियो । दार्चुला महोत्सवमा कलाकारहरु श्रीकृष्ण श्रेष्ठ,सिर्जना हुमागाई, सावित्री बस्नेत,उमा देवी खनाल,कृष्ण धामीले पनि दर्शक हरुलाई रमाइलो गराएका थिए भने चक्र बम आउदा खेरि दार्चुला महोत्सवमा झनै रमाइलो भएको थियो ।