दार्चुला महोत्सवको फोटो फिचर

५ बर्ष अघि

२0७५ माघ २७ आईतवार

दार्चुला महोत्सवको फोटो फिचर


ललित सामन्त,माघ २७ दार्चुला ।  अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास, मालिकार्जुनको आगँन, दार्चुलाको शाख भन्ने मूल नाराका साथ दार्चुला महोत्सव आज तेस्रो दिन पनि राष्टिय कलाकारहरु लगायत भारतीय कलाकाहरुको पनि सहभागिता रहेको छ । भारतीय कलाकारहरुमा वेबि पेङगी,नारायण सोराडी लगायतको टोली आइतबार दार्चुला महोत्सवमा आउनु भएको छ । यस्तै नेपाल तर्फका कलाकारहरु विष्णु खत्री ,तारा थापा,हेमा रानामगर,उमा देवी खनाल र कृष्ण धामीले पनि दार्चुला महोत्सवमा दर्शकहरुलाई रमाईलो गराइ रहेका छन् ।दार्चुला महोत्सवको आज तेस्रो दिन हजारौ दर्शकशरुको भिडलागेको छ । भने दार्चुला सदरमुकाम क्षेत्रमा चहलपहल पनि अत्यधिक बढेको छ ।

यहि माघ २५ गते बाट सुरु भएको दार्चुला महोत्सव आउदो फागुन ५ गते सम्म सञ्चालन हुने भएको हो ।   फागुन ५ गतेसम्म चल्ने महोत्वसको प्रतिनिधिसभा सांसद गणेशसिह गठुन्नाले उद्घाटन गरे । यसअघि रक्षामन्त्री इश्वर पोखरेलले महोत्वको उद्घाटन गर्ने कार्यक्रम रहेको भएपनि पोखरेल मौसममा खराबीका कारण दार्चुला आउन सकेनन् ।

दार्चुला महोत्सवमा यस वर्ष भने १ सय ५१ स्टलहरु रहने भएका छन् ।यस्तै दार्चुला जिल्लाका बिभिन्न क्षेत्रको एकल नृत्य तथा गायन प्रतियोगिता, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा बिबिध मनोरञ्जनात्मक कार्यक्रम, निशुल्क उपचार सिबिर, शैक्षिक, धार्मीक तथा अन्य पुस्तक बिक्रि एबं अशक्तहरुलाइ निशुल्क स्थान प्रदान गरीने, जिल्लाको स्थानीय उत्पादनको प्रदर्शनी, प्रचारप्रसार, उपभोग र प्रबद्र्धन गर्ने, स्थानीय उद्यमी, ब्यावसायि र सेवा प्रदायकहरुको सहभागितामा बस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रबद्र्धन, बिशेष सहुलियत सहित सामानहरुको बिक्रि बितरण र प्रदर्शनी  भइरहेको उद्योग बाणिज्य संघले जनाएको छ ।