मावि मड प्रेम नगरको ५८ औँ वार्षिक उत्सव सन्चालन

५ बर्ष अघि

२0७५ माघ २३ बुधबार

मावि मड प्रेम नगरको ५८ औँ वार्षिक उत्सव  सन्चालन

ललित सामन्त,माघ २३ दार्चुृला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वाड नम्बर ३ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालको आज बुधबार एक कार्यक्रका विच विद्यालयको ५८ औँ वार्षिक उत्सव भएको हो । । विद्याल व्यवस्थापन समितिका अध्यक्ष रुद्र सिह धामीको . अध्यक्षता एवम दार्चुला बाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाको प्रमुख आर्थित्यता तथा दार्चुलाबाट प्रदेश सांसद द्धोय गेल्बु सिह बोहरा र मान बहादुर धामी सन्तोषको विशिष्ट आर्थित्यतामा  विद्यालयको ५८ औँ वार्षिक उत्सव  भएको छ । 
कार्यक्रममा बोल्दै दार्चुलाबाट निर्वार्चित सांसद एवम प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्नाले मालिकार्जुनको लागि आफुले केन्द बाट  पहल गरीरहेको बताउनु भयो । यस्तै उहाँले सरकारले २ वर्ष भित्र देशका अधिकांश विद्यालयहरुमा प्राविधिक विद्याल खोल्ने भनिएपछि दार्चुलाको मालिकार्जुन मावि मड प्रेमनगर गरी जिल्लाका अन्य दुइ वटा विद्यालयमा प्राविधिक विद्यालयहरु सञ्चालनमा ल्याएको पनि बताएका छन यस्तै दार्चुला बाट निर्वार्चित  प्रदेश सांसद गेल्बु सिह बोहराले शिक्षा क्षेत्रमा आफनो पहिलो प्राथमिकतामा राखेको बताएका छन् । 
 यस्तै कार्यक्रमा मालिकार्जुन माध्यमिक विद्यालयका प्रधानाध्यापक भुवन सिह डागाले विद्यालयको वार्षिक आम्दानी  १ करोड २८ लाख ७५ हजार ४ सय ५८ रुपैँया ८३ पैँसा रहेको छ  भने खर्च १ करोड २७ लाख १३ हजार ६ सय २४ रुपैँया ८७ पैँसा रहेको बताएका छन् । 
कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी,शैल्यशिखर नगरपालिकाका अध्यक्ष अमर सिह धामी लगायत स्थानीयहरुको सहभागितामा  सन्चालन  भएको छ ।