दार्चुला महोत्सवमा विमाको व्यवस्था गरिएको अध्यक्ष ठगुन्ना 

५ बर्ष अघि

२0७५ माघ २३ बुधबार

दार्चुला महोत्सवमा विमाको व्यवस्था गरिएको अध्यक्ष ठगुन्ना 


ललित सामन्त,माघ २३ दार्चुला । दार्चुला उद्योग बाणिज्य संघ द्धारा आयोजना हुन गइरहेको सुदुरपश्चिम  पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सवमा विमाको पनि व्यवस्था गएिको बुधबार पत्रकार सम्मेलनमा बताइएको छ । 
महोत्सव अवधिभर हुलदंगा, अग्नी र भुकम्पबाट कुनै किसिमको क्षति हुन गएमा ९९ लाख ९९ हजार ९ सय रुपैयाको विमा गरिएको उनले बताए । साथै महोत्सवमा मानविय क्षति भएको खण्डमा एक जनाको ५ लाखका दरले १५ जनाको विमा गरिएको उनले बताए । महोत्सव विहान १० बजे देखी वेलुकी ६ बजे सम्म संचालन गर्ने बताइएको छ ।

महोत्सवमा नेपालको दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुुदायको मौलीक संस्कृति भेषभुषाको प्रर्दशन, दुहु, मार्मा, मल्देश, लेकम र ब्याँस क्षेत्रको मौलीक भेषभुषा र संस्कृतिको प्रर्दशनी गरिने उनले बताए । बुधबार सम्म दार्चुला महोत्सवका लागि १ सय ४१ वटा स्टलहरु निर्माण गरिएको छ । निर्माण गरिएका सबै स्टलहरु बुकिङ्ग भैइसकेको उनले पत्रकार सम्मेलनमा  जानकारी दिनु भएको छ ।