परिश्रमबाटै असल उद्यमी बन्न सकिन्छः नागरिक नेपाल सम्मान २०७५बाट सम्मानित राजेश 

५ बर्ष अघि

२0७५ माघ २३ बुधबार

परिश्रमबाटै असल उद्यमी बन्न सकिन्छः नागरिक नेपाल सम्मान २०७५बाट सम्मानित राजेश 

 

सुलोचना महता, माघ २३ दार्चुला । नेपालको विकट जिल्ला दार्चुलामा डेढ दशक देखि सिलाई कटाईको व्यवसायी गरीरहेका अन्र्तराष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त तथा सफल उद्यमी रुपमा चिनिने राजेश नेपालीले परिश्रमबाटै असल उद्यमी बन्न सकिने बताउनु भएको छ  । पैसा कमाउनका लागि विदेश नै जानु पर्छ भन्ने हुदैँन, नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भनि राजेशले अँगालेको  पेशाबाट बुझिन्छ । 
सगरमाथा प्रतिष्ठान नेपालले काठमान्डौँमा आयोजना गरेको “नागरिक नेपाल सम्मान २०७५” बाट सुदुरपश्चिम पदेशबाटै एउटा आफु मात्र सफल उद्यमीका रुपमा सम्मानित भएका राजेशले सुदुरदृष्टिकोणसँग कुराकानी गदैँ उक्त कुरा बताएका हुन् । विं.स. २०५९ साल देखि २० वर्षको उमेरमा सिलाई कटाई पेशालाई आफ्नो मुख्य पेशाको रुपमा अँगालेकाले अहिले आफु यो स्थानमा पुग्न सफल भएको राजेशले बताए । 
व्यक्तिगत ४० हजार रुपैँया तथा लद्यु उद्यमबाट १० हजार रुपैँया गरी ५० हजार रुपैँया लगानी गरी सदरमुकाममा सिलाई सेन्टर स्थापना गरेका राजेशले हाल लाखौँ आम्दानी हुने गरेको उनको भनाई छ । हाल राजेशले सञ्चालन गरेको सिलाई कटाई पसलमा ७÷८ जनाले रोजगारी पाउनुको साथै नेपाली तथा भारतीय नागरिकहरुले समेत कपडा सिलाउनका लागि आउने गरेको राजेशले बताए ।
मान्छे लग्नशील भएर निरन्तर आफ्नो पेशाव्यवसाय लाग्ने हो भने उसले पक्कै पनि सफलता प्राप्त गर्न सक्ने सफल उद्यमी राजेश बताउँछन् । आफु जस्ता उद्यमीहरुलाई प्रोत्साहन तथा सम्मानित गरेकोमा एकदमै खुसी लागेको उनको भनाई छ । राजेशलाई सगरमाथा प्रतिष्ठान नेपालको आयोजनामा भएको नागरिक नेपाल सम्मान २०७५ बाट सम्मानित हनु भएको छ । यही माघ ११ गतेका दिन सगरमाथा प्रतिष्ठान नेपालद्धारा आयोजित प्रतिष्ठानको १८ औँ वार्षिकोत्सव समारोहले असल उद्यमी भनेर सम्मान गरेको थियो । राजेशले दार्चुलाकाे मात्र नभएर सुदुरपश्चिम प्रदेश कै सान बढाएका छन् ।