दार्चुला महोत्सवको पुर्व सन्धायामा पत्रकार सम्मेलन 

५ बर्ष अघि

२0७५ माघ २३ बुधबार

दार्चुला महोत्सवको पुर्व सन्धायामा पत्रकार सम्मेलन 

ललित सामन्त,माघ २३ दार्चुला । दार्चुला उद्योग बाणिज्य संघ द्धारा आयोजना हुन गइरहेको सुदुरपश्चिम  पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । दार्चुला उद्योग वाणिज्य संघले यहि माघ २५ गते देखि फागुन्न ५ गते सम्म सञ्चालन हुने बुधबबार शिखर होटेलमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष तथा महोत्सवका मुल संयोजक मंगल सिह ठगुन्नाले बताउनु भयो । अपि ,नाम्पा,चौलानी महाकालीको काख,कैलास मालिकार्जुनको आगँन दार्चुलाको शाख भन्ने मुल नाराका साथ यहि माघ २५ गते  देखि फागुन्न ५ गतेसम्म सञ्चालन हुने दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगल सिह ठगुन्नाले बताए । १० दिन सम्म चल्ने दार्चुला महोत्सवमा करिब १ लाख ५० हजार जनाले हेर्ने अनुमामन गरिएको र ३ करोड बराबरको कारोबार हुने पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

यस्तै दार्चुला जिल्लाका बिभिन्न क्षेत्रको एकल नृत्य तथा गायन प्रतियोगिता, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा बिबिध मनोरञ्जनात्मक कार्यक्रम, निशुल्क उपचार सिबिर, शैक्षिक, धार्मीक तथा अन्य पुस्तक बिक्रि एबं अशक्तहरुलाइ निशुल्क स्थान प्रदान गरीने, जिल्लाको स्थानीय उत्पादनको प्रदर्शनी, प्रचारप्रसार, उपभोग र प्रबद्र्धन गर्ने, स्थानीय उद्यमी, ब्यावसायि र सेवा प्रदायकहरुको सहभागितामा बस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रबद्र्धन, बिशेष सहुलियत सहित सामानहरुको बिक्रि बितरण र प्रदर्शनी गराइने आयोजकले जनाएको छ ।यस वर्षको महोत्सव सफल पार्न  भिविन्न उपसमितिहरुले आ–आफ्नो जिम्मेवार वहन गरेको  दार्चुला उद्योग बाणिज्य संघका उपाध्यक्ष इन्द्र देब पन्तले बताए । महोत्सवमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विहान १० वजे देखि बेलुकी ६ वजे सम्म सञ्चालन हुने भएको छ ।

दार्चुला जिल्लाका विभिन्न ठाउँको भेषभुषा सहितको प्रदर्शनी गर्ने पनि दार्चुला उद्योग बाणिज्य संघका उपाध्यक्ष पन्तले बताए  महोत्सवमा अतिथिहरुलाई आमन्त्रण गरीसकेको छ । भने दार्चुला महोत्सवमा दर्जन भन्दा वडि कलाकारहरुको सहभागिता रहने भएको छ । दार्चुला महोत्सवमा कुनै प्रकारको महोत्सवलाई विथ्थोलने जस्ता कार्य भएमा  आवश्यकता अनुसार सिसि टिभी क्यामरा जडान गरिने पनि बताइएको छ । साथै दार्चुला आइडलको समापन पनि  महोत्सवको अन्तिम दिन फागुन्न ५ गतेमात्रै हुने पनि वाणिजय संघले आज पत्रकार सम्मेलनमा बताएको छ । यस्तै दार्चुला जिल्लाका पर्यटकीय स्थलहरु ओझेलमा परेकाहरुलाई पनि सुदुरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवमा देखाउने पनि वाणिज्य संघले जनाएकको छ ।