लालीमा प्रथम अध्यक्ष कप खेलककुद प्रतियोगिता सञ्चालन हुदै

५ बर्ष अघि

२0७५ माघ २३ बुधबार

लालीमा प्रथम अध्यक्ष कप खेलककुद प्रतियोगिता सञ्चालन हुदै

लालीमा प्रथम अध्यक्ष कप खेलककुद प्रतियोगिता सञ्चालन हुदै 
ललित सामन्त,माघ २३ दार्चुलाको  लेकम गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन हुदै छ र्। लेकम गाउँपालिकाको सान ,युवा खेलाडीको सम्मान’ भन्ने मुल नाराका साथ बुधबार देखि जिल्लाको लेकम गाउँपालिकाले भलिबल खेल सञ्चालन गरिरहेको लेकम गाउँपालिका प्रवक्ता एव लेकम गाउँपालिका वाड नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले बताउनु भयो । लेकम गाउँपालिकाको वाड नम्बर ३ लालीमा सञ्चालन भइरहेको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगितामा विद्यालय स्तरीय मावि १० वटा टिमको सहभागिता रहेको छ भने वडा स्तरीय महिला पुरुष गरी ६ वटा टिम गरी जम्मा १६ वटा टिमको सहभागिता रहेको छ । 
कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष प्रमान्द्र जोशीले सम्रग लेकम गाउँपालिकाको विकासको लागि खेलकुद आवश्वयक रहेको बताएका छन् । यस्तै कार्यक्रममा बोल्ने अधिकांश बक्तmाहरुले बालबालिकाको सिकाई, शैक्षिक व्यरोजगारी न्युन र खेलाडी उत्पादनका लागि पनि गाउँपालिका स्तरीय भलिबल खेलले धेरै सहयोग पुगाउने बताएका छन् । कार्यक्रमा नेपाल शिक्षक संग दार्चुलाका अध्यक्ष महेश राज जोशीको अध्यक्षता एवम लेकम गाउँपालिका अध्यक्ष प्रमान्द्र जोशीको प्रमुख आर्थित्यतामा प्रथम अध्यक्ष कप प्रतियोगिता सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष प्रमानन्द्र जोशीले जानकारी दिनु भएको छ । प्रतियोगिता माघ २५ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।