दार्चुला महोत्सवको तयारी अन्तिम चरणमा, लगभग ९० प्रतिशत काम सम्पन 

५ बर्ष अघि

२0७५ माघ २२ मंगलवार

दार्चुला महोत्सवको तयारी अन्तिम चरणमा, लगभग ९० प्रतिशत काम सम्पन 

ललित सामन्त,माघ २२ दार्चुला । दार्चुला उद्योग बाणिज्य संघ द्धारा आयोजना हुन गइरहेको सुदुरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार सम्म दार्चुला महोत्सवको काम  लगभग ९० प्रतिशत जति काम सम्पन भएको दार्चुला उद्योग बाणिज्य संघका उपाध्यक्ष इन्द्र देव पन्तले बताउनु भयो । 
अपि ,नाम्पा,चौलानी महाकालीको काख,कैलास मालिकार्जुनको आगँन दार्चुलाको शाख भन्ने मुल नाराका साथ यहि माघ २५ गते शुक्रबार देखि फागुन्न ५ गतेसम्म सञ्चालन हुने दार्चुला महोत्सवको तयारी त्रिव रुपले अगाडी बडिरहेको दार्चुला उद्योग बाणिज्यसंघका उपाध्यक्ष पन्तले बताउनु भयो । महोत्सव आउन जम्मा ३दिन बाकी रहदा बसपार्कमा घेरपर्खाल लगाइ सकेको मञ्च निर्माणको कार्यपनि अन्तिम चरणमा पुगेको छ यस्तै अतिथि आमन्त्रण र प्रचारप्रसार गर्ने कामलाइ तिब्रता दिइएको उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिह ठगुन्नाले जानकारी दिनुभयो । । महोत्सवमा अतिथिहरुलाई आमन्त्रण गरीएकको छ । भने दार्चुला महोत्सवमा दर्जन भन्दा वडि कलाकारहरुको सहभागिता रहने भएको छ ।

दार्चुलाबाट निर्वार्चित सांसद एवम प्रतिनिधि सभासदस्य गणेश सिह ठगुन्नाको पहलमा दार्चुला महोत्सवको उद्घाटन गर्ने उपप्रधानमन्त्री एवम रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने तयारी रहेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल यहि माघ २५ नेपाली सेनाको हेलिकेप्टर मार्फत दार्चुला महोत्सवको उद्घाटन गर्ने भएका छन् । दार्चुला महोत्सवमा स्थानीय कलाकारहरु देखि लिएर राष्ट्रिय कलाकारको पनि सहभागिता रहने भएको छ । यस्तै महोत्सवमा भारतीय कलाकारहरुको पनि सहभागिता रहने भएको छ । यस्तै दार्चुलाको महाकाली नगरपालिका उप संयोजक रहने भएको छ अन्य ८ वटा स्थानीय तह सहआयोजक रहने भएका छन् ।

  दार्चुला महोत्सवमा यस वर्ष भने १ सय ५१ स्टलहरु रहने भएका छन् ।यस्तै दार्चुला जिल्लाका बिभिन्न क्षेत्रको एकल नृत्य तथा गायन प्रतियोगिता, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा बिबिध मनोरञ्जनात्मक कार्यक्रम, निशुल्क उपचार सिबिर, शैक्षिक, धार्मीक तथा अन्य पुस्तक बिक्रि एबं अशक्तहरुलाइ निशुल्क स्थान प्रदान गरीने, जिल्लाको स्थानीय उत्पादनको प्रदर्शनी, प्रचारप्रसार, उपभोग र प्रबद्र्धन गर्ने, स्थानीय उद्यमी, ब्यावसायि र सेवा प्रदायकहरुको सहभागितामा बस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रबद्र्धन, बिशेष सहुलियत सहित सामानहरुको बिक्रि बितरण र प्रदर्शनी गराइने आयोजकले जनाएको छ । यस्तै यस पालिको  मेलामा १ लाख ५० हजार दर्शकहरुले हेर्ने अनुमान गरीएको  छ भने ३ करोड भन्दा वढि कारोबार हुने अनुमान गरिएको उद्योग बाणिज्य संघले जनाएको छ ।