नागरिक मैत्री प्रहरी सेवा सम्बन्धी अन्र्तक्रिया सम्पन्न

५ बर्ष अघि

२0७५ माघ २२ मंगलवार

नागरिक मैत्री प्रहरी सेवा सम्बन्धी अन्र्तक्रिया सम्पन्न

दृष्टिकाेण समाचार माघ २२ दार्चुला । सदरमुकाममा रहेकाे सुदुरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसमा नागरिक मैत्री प्रहरी सेवा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । म‌ंगलबार  जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा नागरिक मैत्री प्रहरी सेवा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । 

प्रहरी सेवा नागरिक मैत्री बनाउने उद्देश्यले नागरिक मैत्री प्रहरी सेवा सम्बन्धी अन्र्तक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख नवराज अधिकारीले जानकारी दिए । सुदुरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस प्रमुख धाना धामीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको प्रमुख आतिथ्यता एवंम राष्ट्रिय अनुसन्धान अधिकृत हरेन्द्र कुवँरको विशिष्ट आतिथ्यतामा नागरिक मैत्री प्रहरी सेवा सम्बन्धी सम्पन्न भएको हो । शिक्षक पदम सिँह बडालले सहजीकरण गरेको अन्र्तक्रिया कार्यक्रममा विद्यार्थीहरुबाट प्रहरी सेवा कसरी नागरीक मैत्री बनाउन सकिन्छ भन्ने जिज्ञासा तथा सुझाव प्रस्तुत गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अन्र्तक्रिया कार्यक्रममा सुरक्षा निकायका प्रमुख, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।