शैल्यशिखरका नगर प्रमुखले दिए प्रहरीलाई एलइडि टिभी 

५ बर्ष अघि

२0७५ माघ २१ सोमबार

शैल्यशिखरका नगर प्रमुखले दिए प्रहरीलाई एलइडि टिभी 

ललित सामन्त,माघ २१ दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामीले सोमबार जिल्ला प्रहरी कार्यालय दार्चुला लाई एलइडि टिभी हस्तारण गरेका छन् । शैल्यशिखर नगरपालिकाले ७५ हजार रुपैयाको सिजि कम्पनीको ४९ ईन्च टिभि जिल्ला प्रहरी कार्यालय दार्चुलालाई उपलब्ध गराएको छ 
समाजमा शान्ति सुरक्षा कायम गरी शान्त र समृद्ध समाज निर्माणका लागी प्रहरीलाई सबैको सहयोग गर्न आवश्यक रहेको उहाको भनाई थियो । ‘प्रहरी हाम्रै दाजु भाई हुन महिला हिंसा तथा विभिन्न अपराधिक किसिमका घट्नाहरुलाई न्युनिकरण गर्न सबैले सहयोग गर्नु पर्छ, उहाले भन्नुभयो ।’ कार्यक्रमा बोल्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी नव राज अधिकारीले  उपलब्ध टिभि जिल्ला प्रहरी कार्यालयको गेट बाहिर राखिने प्रहरी नायव उपरिक्षक अधिकारीले बताउनु भयो । सुरक्षित तवरले टिभि राखेर विभिन्न जनचेतना मुलक सन्देशहरु प्रशारण गरिने उहाले बताउनु भयो । टिभि उपलब्ध भए संगै केहि अपराधिक घट्नाहरु कम हुने अपेक्षा लिएको छ । 
  कार्यक्रममा बोल्दै नगर प्रमुख धामीले शैल्यशिखर नगरपालिका भित्र रहेका सबै प्रहरी युनिटहरुमा पनि एलईडि टिभि वितरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । बजार क्षेत्रमा हुने विभिन्न किसिमका घट्नाहरुलाई मध्यनजर गर्दै नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वर बजार क्षेत्रमा सिसिटिभि जडान गरेको समेत नगर प्रमुख धामीले सोही कार्यक्रममा जानकारी गराउनु भएको थियो । ‘प्रहरीलाई सहयोग गर्यो भने सबै सुरक्षित हुन्छौं आजै देखी सबैले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहयोग गरौं उहाले भन्नुभयो ।’ साथै नगर प्रमुख धामीले अन्य स्थानिय तहहरुले पनि प्रहरीलाई सहयोग गर्नु पर्ने बताउनु भयो । 
 टिभि हस्तान्त्रण कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर धामी, विभिन्न वडाका वडा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, सशस्त्र प्रहरी बल नेपाल कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर धामी, विभिन्न वडाका वडा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति भिम चन्द लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।