दुहुँ गाउँपालिकाकाे धारीमा बर्थिङ सेन्टर स्थापना, पहिलो सुत्केरी गराउनका लागि आउने महिलालार्इ पाचँ हजार रुपैँया दिने 

५ बर्ष अघि

२0७५ माघ २१ सोमबार

दुहुँ गाउँपालिकाकाे धारीमा बर्थिङ सेन्टर स्थापना, पहिलो सुत्केरी गराउनका लागि आउने महिलालार्इ पाचँ हजार रुपैँया दिने 

 



सुलाेचना महता, माघ २१ दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकी धारीमा स्थापना भएको बर्थिङ सेन्टरमा  पहिलो पटक सुत्केरी गर्ने महिलालाई पाचँ हजार रुपैँया प्रोत्साहन भत्ता गाउँपालिकाले दिने भएको छ । 
सोमबार धारीमा उद्घाटन भएको बर्थिङ सेन्टरमा सुत्केरी महिलाहरुले बथिङ सेन्टरमा सुत्केरी गराउन नआउने प्रवृतिलाई उन्मुख गदैँ गाउँपालिकाले दोस्रो पटक सुत्केरी गराउँने महिलालाई ३ हजार रुपैँया र तेस्रो आउने महिलार्इ २ हजार रुपैँया  सुत्केरी गराउन आउने महिलालाई रुपैँया प्रोत्साहन भत्ता दिइने दुहुँ गाउँपालिकाका उपाध्यक्ष ईश्वरी जोशीले बताइन् । त्यस्तै बथिङ सेन्टरमा आमा समुह तथा स्वयमं सेवीका मार्फतले बर्थिङ  सुत्केरीगर्नका लागि ल्याउने व्यक्ति तथा स्वयमं सेविकालाई पहिलो महिलालाई ल्याउँदा ७ सय रुपैँया, दोस्रो महिला ल्याउँदा  ५ सय रुपैँया र तेस्रो महिला ल्याउँदा ३ सय दिइने गाउँपालिका उपाध्यक्ष जोशीले जानकारी दिइन् । 
आमा नवशिशु तथा बच्चाको सु–स्वास्थ्यको कामना, बर्थिङ सेन्टरमा बच्चा जन्माउ, आमा र नवशिशुको ज्यान जोखिम तथा मृत्यु हुनवाट बचाउ भन्ने उद्देश्यले दुहुँ गाउँपालिकाले  बर्थिङ सेन्टर स्थापना गरिएको दुहुँ गाउँपालिका उपाध्यक्ष जोशीले बताइन् । सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र कार्कीले बर्थिङ सेन्टर विधिवत रुपमा उदघाटन गरेका हुन् । हाल दुहुँ गाउँपालिकामा ३ वटा बर्थिङ सेन्टर भएको छ ।