दार्चुला आइडलको पहिलो चरण सकियो, दोस्रो चरणको लागि ४८ जना छनोट 

५ बर्ष अघि

२0७५ माघ २१ सोमबार

दार्चुला आइडलको पहिलो चरण सकियो, दोस्रो चरणको लागि ४८ जना छनोट 

ललित सामन्त,माघ २१ दार्चुला । दार्चुला जिल्लामा पहिलो पटक आयोजना गरेको प्रथम दार्चुला आइडल सकिएको छ । भने जिल्लाका नौ वटै स्थानीय तह बाट दोस्रो चरणका लागि  ४८ जना छनोट भएका छन् । जिल्लामा क्रियाशील सर्जकहरुको संस्था दार्चुला कला केन्द्रको संयोजक र फेबरेट मिडियाको आयोजनामा हुन लागेको दार्चुला आईडलको  प्रथम चरणको अन्तिम दिन हिजो महाकाली नगरपालिकामा जम्मा १ सय २६ जना मध्ये १६ जना छनोट भएपछि दोस्रो राउण्डको लागि ४८ जना पुगेको दार्चुला कला केन्द्रका संयोजक सन्तोष कुवरले बताउनु भयो ।
 यो भन्दा पहिला जिल्लाका ८ वटा स्थानीय तहबाट ३२ जना छनोट भएका थिए भने महाकाली नगरपालिका बाट १६ जना छनोट भएपछि ४८ जना दोस्रो राउण्डमा प्रवेश गरेको पनि दार्चुला कला केन्द्रका संयोजक कुवरले बताउनु भयो । यस्तै छनोट भएका ४८ जनालाई आज बाट नै दोस्रो राउण्डको लागि तालिम दिन लागेको दार्चुला कला केन्दका संयोजक अमन बोहराले जानकारी दिनु भएको छ दार्चुला आईडलमा प्रमथ द्धितिय र तृतिय हुनेलाई उचित पुरष्कार दिने र दार्चुला आईण्डलको उपाधी सहित गिफ्ट ह्याम्पर दिने आयोजकले जनाएको छ 
कुन स्थानीय तहबाट कति जनाको सहभागिता र कति जना छनोट 
दार्चुला जिल्लाका नौ वटै स्थानीय तहबाट पहिलो चरणमा उत्साहजनक सहभागिता रहेका थियो । यसैविच जिल्लाको अपिहिमाल गाउँपालिकामा जम्मा  ११ जना मध्ये ३ जनाले मात्रै दोस्रो चरणमा सहभागिता जनाएका छन्  । यस्तै मार्मा गाउँपालिकामा जम्मा  ५१ जना मध्ये ३ जना दोस्रो चरणका लागि छनोट भएका हुन यस्तै शैल्यशिखरमा २४ जना मध्ये ३ जना यस्तै नौगाड गाउँपालिकामा ५८ जना मध्ये ७ जना जिल्लाको दुहु गाउँपालिकाबाट २३ जनामा ६ जना मात्रै छनोट भएको दार्चुला कला केन्द्रका संयोजक सन्तोष कुवरले बताउनु भयो । 
यस्तै मालिकार्जुन गाउँपालिका बाट २४ जना मध्ये ३ जना छनोट भएका छन् । यस्तै जिल्लाको लेकम गाउँपालिका बाट २० जनाको सहभागिता रहेको थियो भने २ जनामात्रै छनोट भएका छन । उता व्यासँ गाउँपालिकामा जम्मा १९ जना मध्ये ५ जना मात्रै छनोट भएका हुन जिल्लाको अन्तिम स्थानीय तह महाकाली नगरपालिकामा भने १सय २६ जनाको सहभागिता रहेको थियो । जसमध्ये  १६ जना छनोट भएका छन यो संगै दोस्रो राउण्डका लागि ४८ जना पुगेको हो ।