दार्चुलामा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

५ बर्ष अघि

२0७५ माघ २१ सोमबार

दार्चुलामा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन


सुलाेचना महता, माघ २१ दार्चुला । नेपाली कांग्रेसले सरकार विरुद्ध प्रदर्शन सोमबार देशभर प्रदर्शन गर्न लागेकोमा दार्चुला जिल्लामा पनि प्रदर्शन गरेको छ । सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षा कायम हुनपर्ने, महिला अधिकारको रक्षा गर्नुपर्ने, भष्टाचार अन्त्य लगायत सरकारले गरेका निर्णयको विरुद्धमा सदरमुकाम खलंगामा प्रदर्शन भएको हो ।  
सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको संविधानको कार्यान्वयन नगरी अधिनायकवाद तर्फ उन्मुख भईरहेको, हरेक नेपाली नागरीकको अधिकार खोस्न खोजेको तथा न्यायोचित ढङगले अगाडी बढ्न नसकेको भन्दैँ सरकार विरुद्ध प्रदर्शन गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका सचिब हरक सिँह विष्टले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट देशका हरेक नागरिकले आफ्नो अधिकार पाउँनु पर्ने, देशमा सुशासन, शान्ति कायम गर्नुपर्ने तथा डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने तथा निर्मला पन्तलाई न्याय पाउनुपर्ने माग राख्दैँ  सदरमुकाममा शान्तिपूर्ण ढङगले विरोध प्रदर्शन गरिएको उनको भनाई छ । दार्चुलामा भएको सरकार विरुद्ध गरेको विरोध प्रदर्शनमा  नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका प्रतिनिधि, गाउँपालिका तथा नगरपालिकाका नेपाली कांगे्रसका सदस्य लगायत आम नेपाली नागरिकहरुको सहभागितामा विरोध प्रदर्शन भएको छ ।