खाद्य अधिकार सबलीकरणमा याक नेपालको जोड, सबैका लागि सहज खाना

६ बर्ष अघि

२0७५ जेष्ठ १0 बिहीबार

खाद्य अधिकार सबलीकरणमा याक नेपालको जोड, सबैका लागि सहज खाना

दृष्टिकोण समाचार दार्चुला । परिवर्तनका लागि कार्यरत युवा समूह –याक) नेपाल धनगढीले खाद्य अधिकार सबलीकरण परियोजना अन्तरगत सात नम्बर प्रदेशमा खाद्य सुरक्षा सम्बन्धी विभिन्न काम गरिरहेको छ । जेठ पाँच गते दार्चुला जिल्लामा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको अध्यक्षतामा खाद्य अधिकार अवधारणा सम्बन्धी स्थानीय तहका जनप्रतिनिधीहरुसँग अभिमुखिकरण कार्यक्र गरेको छ । 
याक नेपाल धनगढीका पवित्रा भट्टले खाद्य अधिकारका बारेमा स्थानीय तहका उपाध्यक्षहरुसँग दार्चुला जिल्लाको खाद्यान्नको अवस्थाका बारेमा अन्तरक्रिया गरी जिल्लामा खाद्यान्न आपुर्तिका लागि स्थानीय तहले गरिरहेको कामका बारेमा पनि छलफल गरिएको छ । खाद्यान्न मानवको लागि आवस्यक रहेकाले सबैको सहज पहुँचमा खाद्यान्न हुनु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिनु भएको छ । 
जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीले जिल्लामा सहज खाद्यान्न आपुर्तीका लागि सबै स्थानीय तहहरुसँग समन्वय गरी दार्चुलाका सबै नागरिकहरुको खाद्यान्नमा सहज पुहँच पु¥याउने विस्वास दिलाएका छन् । त्यसैगरी यसबर्ष जिल्लामा ७ देखि ८ प्रतिशतले खाद्यान्न उत्पादनमा कमि आउने बताउँदै जिल्ला कृषि विकास कार्यालयका बरिष्ट कृषि विकास अधिकृत सूर्यप्रसाद बरालले दार्चुलाका दुर्गम क्षेत्रमा खाद्यान्नको बैकल्पीक व्यवस्था गर्नु पर्ने बताएका छन् । 
जिल्ला समन्वय समितिको कार्यालयमा भएको अभिमुखिकरण कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका उपप्रमुखहरुले खाद्य अधिकारका क्षेत्रमा गर्नु पर्ने विभिन्न नीतिगत व्यवस्थाहरु आ—आफ्नो कार्यक्षेत्रमा लागु गर्ने बताएका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ,।