दार्चुलाबाट निर्वार्चित सांसद ठगुन्नाको टोली भोली आफनो गृह जिल्ला आउदैँ

५ बर्ष अघि

२0७५ माघ २१ सोमबार

दार्चुलाबाट निर्वार्चित सांसद  ठगुन्नाको   टोली  भोली आफनो गृह जिल्ला आउदैँ

ललित सामन्त,माघ २१ दार्चुला । दार्चुलाबाट निर्वार्चित सांसद एवं प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्ना भोली अर्थात माघ २२ गते दार्चुला आउने भएका छन् । दार्चुला उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको दार्चुला महोत्सवको लागि दार्चुलाबाट निर्वार्चित सांसद ठगुन्ना भोली मात्रै आफनो गृह जिल्ला दार्चुला आउने भएका हुन । यहि माघ २५ हुन गइरहेको दार्चुला महोत्सवमा उनी सहभागिता जनाउने भएपछि आफनो गृह जिल्ला दार्चुला आउन लागेको दार्चुला बाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाका स्वकीय सचिव दौलत सिह ठगुन्नाले बताउनु भयो ।  
भोली बेलुकी सम्म दार्चुला आउने र दार्चुलाको मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेम नगरको ५८ औँ वार्षिक उत्सवको उद्घाटन गर्ने कार्यसुची रहेको निर्वार्चित सांसदका ठगुन्नाका स्वकीय सचिब दौलत सिह ठगुन्नाले बताउनु भयो । साथै दार्चुलाबाट निर्वार्चित प्रदेश सभा सदस्य गेल्बु सिह बोहरा त्यस्तै प्रदेश क्षेत्र नम्बर २ का सांसद मान बहादुर धामी सन्तोष लगायतका नेताहरु गृह जिल्ला आउने तयारी भएको पनि स्वकीय सचिव ठगुन्नाले जानकारी दिनु भएको छ ।