दार्चुलामा स्वास्थ्य शिविर सञ्चालन हुने

५ बर्ष अघि

२0७५ माघ २0 आईतवार

दार्चुलामा स्वास्थ्य शिविर सञ्चालन हुने

सुलाेचना महता, माघ २० दार्चुला ।  दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताल दार्चुलामा आउँदो वर्ष २०७६ बैशाख १० गते देखि १४ गते सम्म पाचँ दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अाइतबार जिल्ला अस्पताल दार्चुलाका निम्ति प्रमुख गजेन्द्र दुवालकाे अध्यक्षतामा बसेकाे बैठकबाट अर्थोपेडीक अस्पताल काठमाडौंको आयोजनामा आर्थोपेडिक क्याम्प (हाडजोर्नी सम्बन्धी) सञ्चालन हुने निणय भएकाे छ । 

दुर्गम क्षेत्रका हाडजोर्नी सम्बन्धी बिरामीहरुको उपचार गर्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चाल हुन लागेको जिल्ला अस्पताल दार्चुलाका निम्ति प्रमुख दुवालले बताए । शिविरमा पुरानो हाडजार्नी सम्बन्धी उपचार, अन्य हाडजोर्नी सम्बन्धी अपरेसन तथा बङगो भएका हात खुट्टाहरुको उपचार लगायत अन्य हाडजार्नी सम्बन्धी मात्रै सेवा प्रदान हुने उनको भनाई छ । शिविरमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरीने जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । अर्थोपेडीक अस्पताल काठमाडौंबाट १०÷१४ जनाको टोली स्वास्थ्य शिविरमा आउने छन् ।