दार्चुला आइडलको अन्तिम राउण्ड महाकाली नगरपालिकामा सञ्चालन हुदै

५ बर्ष अघि

२0७५ माघ २0 आईतवार

दार्चुला आइडलको अन्तिम राउण्ड महाकाली नगरपालिकामा सञ्चालन हुदै

ललित सामन्त,माघ २० दार्चुला । दार्चुला जिल्लामा प्रथम पटक आयोजना गरेको दार्चुला आइडलको प्रथम चरणको आज अन्तिम दिन आइतबार दार्चुलाको महाकाली नगरपालिकामा सञ्चालन भइरहेको छ ।
 दार्चुला जिल्लामा पहिलो पटक प्रतिभा पहिचान गर्ने उद्देश्यको साथ जिल्लामा क्रियाशील सर्जकहरुको संस्था दार्चुला कला केन्द्रको संयोजक र फेबरेट मिडियाको आयोजनामा हुन लागेको दार्चुला आईडलको आज प्रथम चरणको अन्तिम दिन दार्चुलाको महाकाली नगरपालिकामा सञ्चालन भइरहेको छ ।
 दार्चुलाका अन्य ८ वटा स्थानीय तहहरुमा सकेर आज आइतबार महाकाली नगरपालिकामा सञ्चालन भएको हो । प्रथम दार्चुला आइडलमा महाकाली नगरपालिकाबाट १ सय भन्दा पनि वढि जनाले सहभागिता जनाएका छन् । यो भन्दा अघि दार्चुलाका ८ वटा स्थानीय तहबाट ३१ जना छनोट भएका छन ।

आज भएको प्रथम दार्चुला आइडल महाकाली नगर पालिकामा सञ्चालन हुदै छ । आज भएको कार्यक्रममा दार्चुला आइडलका संयोजक अमन बोहराको अध्यक्षता एवम महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्टको प्रमुख आर्थित्यता तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायको विशिष्ट आर्थित्यतामा कार्यक्रम सञ्चालन भइरहेको छ ।  दार्चुला आइडलको दोस्रो राउण्ड यहि माघ २४ गते खाने र बस्ने सुविधा सहित जिल्ला सदरमुकाम खलंगामा हुने तथा फाइनल राउण्ड फागुन ४ गते जिल्लामा हुने आयोजकले जनाएको छ । दार्चुला आईडलमा प्रमथ द्धितिय र तृतिय हुनेलाई उचित पुरष्कार दिने र दार्चुला आईण्डलको उपाधी सहित गिफ्ट ह्याम्पर दिने आयोजकले जनाएको छ