दार्चुला आइडलमा नगरप्रमुखले गाए देशभक्ती गीत 

५ बर्ष अघि

२0७५ माघ २0 आईतवार

दार्चुला आइडलमा नगरप्रमुखले गाए देशभक्ती गीत 

ललित सामन्त,माघ २० दार्चुला । दार्चुला जिल्लामा पहिलो पटक प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम दार्चुला आइडलमा पहिलो राउण्डको अन्तिम दिन दार्चुलाको महाकाली नगरपालिकामा आयोजना गरिएको दार्चुला आइडलमा महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्टले देशभक्ती गीत गाएका हुन । आफु संगीत क्षेत्रलाई मनपराउने भएकाले आफुले गीत गाएको भट्टले बताए । 
दार्चुला जिल्लाका सबै स्थानीय तहमा गरिएको प्रथम दार्चुला आइडलमा आफु सहभागिता जनाउन नसकेता पनि आफनो नगरबाट नै गाीत गाउने अवसर मिलेको पनि भट्टको भनाई रहेको छ । आइतबार भएको दार्चुलाको महाकाली नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख  भट्ट प्रमुख अतिथी समेत रहनु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले गाउँका सबै ठाउँमा पुगेर स्थानीय कला र गला भएका व्यतिmहरु उजागर गर्ने भएकाले आफनो नगरबाट हुने सहयोग गर्न आफु तयार रहेको पनि नगर प्रमुख भट्टले बताउनु भएको छ । दार्चुला आइडलमा  महाकाली नगरपालिका बाट जम्मा १ सय भन्दा वढि जनाको सहभागिता रहेको छ ।