विद्यालय स्तरीय नृत्य प्रतियोगितामा महेन्द्र नमुना मावि प्रथम

५ बर्ष अघि

२0७५ माघ १९ शनिबार

विद्यालय स्तरीय नृत्य प्रतियोगितामा महेन्द्र नमुना मावि प्रथम

सुलाेचना महता, माघ १९ दार्चुला । दार्चुलाकाे सदरमुकाम खलंगामा रहेको छन्ना कन्या माविमा सञ्चालित विद्यालय स्तरीय नृत्य प्रतियोगितामा महेन्द्र नमुना माविले प्रथम स्थान हासिल गरेको छ । शनिबार स्वर्गीय जगदिश  तिंकरी(कल्याल) को स्मृतिमा तिंकर युवा क्लब दार्चुलाले आयोजना गरेकाे विद्यालय स्तरीय नृत्य प्रतियोगिताको प्रथम स्थान महेन्द्र नमुना माविले  हासिल गरेकाे छ ।

विद्यालय स्तरीय नृत्य प्रतियाेगितामा द्धितीय स्थान एसियन एकडेमी, तृतीय स्थान बसन्त भ्याली पब्लीक स्कुल र सान्तवना स्थान  रं कम्युनिटी स्कुल धारचुला र अमटिकर पब्लीक स्कुलले हासिल गरेकाे  छ । नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयले १५ हजार रुपैँया, द्धितीय स्थान प्राप्त गर्ने विद्यालयले ८ हजार र तृतीय स्थान प्राप्त ५ हजार रुपैँया र सान्तवना स्थान प्राप्त गर्ने विद्यालयले १ हजार रुपैँया पुरुष्कार प्रदान गरीएको आयोजकले जनाएको छ । विद्यालय स्तरीय नृत्य प्रतियोगितामा १३ वटा दार्चुला र दुई वटा छिमेकी मुलुक भारतको धारचुला गरी जम्मा १५ वटा विद्यालयहरुले सहभागीता रहेको तिंकर युवा क्लब दार्चुलाले जनाएको छ ।