दार्चुला महोत्सवको उद्घाटन रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने

५ बर्ष अघि

२0७५ माघ १९ शनिबार

दार्चुला महोत्सवको उद्घाटन रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने

ललित सामन्त,माघ १९ दार्चुला । दार्चुला महोत्सव आउन जम्मा ६ दिन मात्र बाकी रहेको छ । यसैविच यसपालिको दार्चुला महोत्सव उद्घाटन गर्ने उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गर्ने दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगल सिह ठगुन्नाले बताउनु भयो । साथै दार्चुला उद्योग बाणिज्य संघले आयोजना गर्ने लागेको महोत्सवमा रक्षा मन्त्री पोखरेल प्रमुख अतिथी रहनु हुनेछ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य गणेशसिह ठगुन्नाको पहलमा प्रमुख अतिथिको भ्रमण सुनिश्तित गरिएको दार्चुला उवासंघ अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो ।

महोत्सवको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य ठगुन्नाका साथै दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई समेत आमन्त्रण गरिन लागेको संघका सचिव सर्पराज बडूले बताउनुभयो । दार्चुला उद्योग वाणिज्य संघले यसवर्ष भने ‘ अपि नाम्पा चौलानी, महाकालीको काख , कैलाश मालिकार्जुन, आगन दार्चुलाको शाख” भन्ने मुल नाराका साथ दार्चुला उद्योग वाणिज्य संघले तेस्रो पटक मेलाको आयोजना गर्ने भएको छ । मेला महोसत्वमा १सय ५१ स्टलहरु राख्ने र ३ करोड बराबरको कारोबारहुने अनुमान गरिएको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा स्थानीय स्तरका विभिन्न जटीबुटीहरु लगायत स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु पनि राखिने बाणिज्य संघले जनाएको छ । यस्तै यस पालिको मेलामा १ लाख ५० हजार दर्शकहरुले हेर्ने अनुमान गरीएको दार्चुला उद्योग बाणिज्य संघले जनाएको छ ।