व्यासँ गाउँपालिका वाट दोस्रो राउण्डको लागि ५ जना छनोट 

५ बर्ष अघि

२0७५ माघ १८ शुक्रबार

व्यासँ गाउँपालिका वाट दोस्रो राउण्डको लागि ५ जना छनोट 

ललित सामन्त,माघ १८ दार्चुला । दार्चुला जिल्लामा पहिलो पटक हुनलागि रहेको दार्चुला आइडल आज व्यासँ गाउँपालिकामा पनि सम्मपन भएको छ । व्यासँ गाउँपालिका भित्रका जम्मा १९ जना मध्ये ५ जना मात्रै दोस्रो जिल्ला आइडलको लागि छनोट भएको आयोजक सन्तोष कुवरले बताउनु भयो । दास्रो जिल्ला आइडलका लागि छनोट भएकाहरु नवराज विक ,प्रकाश विष्ट इसिका विक,हरिना विष्ट र कैलाश विष्ट रहेका छन् ।

दार्चुला जिल्लामा पहिलो पटक प्रतिभा पहिचान गर्ने उद्देश्यको साथ जिल्लामा क्रियाशील सर्जकहरुको संस्था दार्चुला कला केन्द्रको संयोजक र फेबरेट मिडियाको आयोजनामा हुन लागेको प्रथम दार्चुला आइडलको दोस्रो राउण्ड यहि माघ २४ गते खाने र बस्ने सुविधा सहित जिल्ला सदरमुकाम खलंगामा हुने तथा फाइनल राउण्ड फागुन ४ गते जिल्लामा हुने आयोजकले जनाएको छ । दार्चुला आईडलमा प्रमथ द्धितिय र तृतिय हुनेलाई उचित पुरष्कार दिने र दार्चुला आईण्डलको उपाधी सहित गिफ्ट ह्याम्पर दिने आयोजकले जनाएको छ ।