दुई दिनको छलफलपछि व्यासँ गाउँपालिकाको विवाद समाधान 

५ बर्ष अघि

२0७५ माघ १८ शुक्रबार

दुई दिनको छलफलपछि व्यासँ गाउँपालिकाको विवाद समाधान 

ललित सामन्त,माघ १८ दार्चुला । यहि माघ १५ भएको दार्चुलाको व्यासँ गाउँपालिका अध्यक्ष र साही ठाउँका वाड नम्बर ४ वडा अध्यक्ष विच रहेको विवाद दुई दिन लगाएर आज शुक्रबार मात्रै दुबै पक्षले ३ बुदे लिखित सहमति गरेपछिमात्रै समाधान भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा दुबै पार्टीका  नेताहरुसहित गाउँपालिकाका जनप्रतिनिधिहरुले लिखित सहमति गरेपछिमात्रै समस्या समाधान भएको  गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले बताउनु भयो । 

गाँउपालिका अध्यक्ष र वडाअध्यक्ष दुबैले आ—आफ्ना कमजोरी स्वीकार्दै आपसी सहमतिमा अगाडि बढ्ने प्रतिवद्धता जनाएको पनि अध्यक्ष बुढाथोकीले जानकारी दिनु भएको हो ।  व्यास गाँउपालिकामा जनप्रतिनिधिबीच विवाद देखिएपछि दुइ पार्टीका नेताहरुले छलफल थालेका थिए । गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी तथा वडा अध्यक्षहरु अशोकसिह बोहरा, उपेन्द्रसिह धामी, संग्रामसिह विष्ट र मंगलसिह धामीले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् । जनप्रतिनिधिबीचको लिखित सहमतिसंगै व्यास गाँउपालिकामा लगाइएको तालाबन्दी समाप्त भएको वडा नम्बर ४ का वडा अध्यक्ष संग्राम सिह विष्टले बताउनु भयो ।