नेपालद्वारा युएई ४ विकेटले पराजित, दीपेन्द्र र पवन बने नायक

५ बर्ष अघि

२0७५ माघ १८ शुक्रबार

नेपालद्वारा युएई ४ विकेटले पराजित, दीपेन्द्र र पवन बने नायक

दृष्टिीकोण समाचार माघ १८   २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ ।यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।१०।१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् ।नेपालका लागि प्रदीप ऐरीले आठ, ज्ञानेन्द्र मल्लले सात र कप्तान पारस खड्का शून्य रनमै आउट भए । त्यस्तै सन्दीप जोरा पनि एक रनमै आउट भएपछि नेपाल दबाबमा आएको थियो ।नेपालका अनुभवि कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । यद्यपी ज्ञानेन्द्र मल्ल र करण केसीले तेस्रो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए । यो नेपालको दोस्रो ठूलो साझेदारी हो ।

मल्ल सात रनमा ६।१ ओभरमा आउट भएपछि करण नेपालको ३९ रन हुदा ब्यक्तिगत २० रनमा आउट भए ।यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९।२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य चुनौती पाएको थियो ।यूएईका लागि ओपनर सीपी रिजवनले ४४ रन बनाए । ४३ बलमा ४४ रन बनाएका रिजवनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अविनाश बोहराले आउट गरे ।यूएईका अनुभवी ब्याट्सम्यानहरु सस्तैमा समेटिए । साइमन अनवरले १४, मोहम्मद बुताले ११ र कप्तान मोहम्मद नाभिद सात रनमा आउट भए । त्यस्तै, घुलाम शब्बरले ६, अस्फाक अहमदले चार र अमिर हायत ३ रनमा आउट भए भने मोहम्मद उस्मानले रन जोड्न सकेनन् ।नेपालका लागि अविनाश बोहराले उत्कृष्ट बलिङ गरे । चार ओभर बलिङ गरेका उनले २० रन खर्चेर तीन विकेट लिए सोमपाल कामीले अस्फाक र घुलाम तथा सन्दीप लामिछानेले साइमन र उस्मानलाई आउट गराएपछि खेल नेपालको पक्षमा आएको थियो ।नेपालका लागि सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान २(२ विकेट लिएका छन् ।नेपालले अब अन्तिम तथा सिरिजको तेस्रो खेल आइतबार खेल्दैछ ।