दार्चुलाका ७ वटा स्थानीय तहसंग  छैन आफनै भवन

५ बर्ष अघि

२0७५ माघ १८ शुक्रबार

दार्चुलाका ७ वटा स्थानीय तहसंग  छैन आफनै भवन

ललित सामन्त,माघ १८  दार्चुला । स्थानीय तह निर्माण भएको करिब एक डेढ वर्ष हुनै लाग्दा समेत दार्चुलाका ९ वटा स्थानीय तहमध्ये  ७ वटा स्थानीय तहहरुको आफनै भवन छैन । दार्चुलाको मालिकार्जुन गाउँपालिका ,लेकम गाउँपालिका महाकाली नगरपालिका,शैल्यशिखर नगरपालिका दुहु गाउँपालिका ,व्यासँ गाउँपालिका र अपि हिमाल गाउँपालिका संग आफनै भवन नहुदा वर्षेनी लाखौ रुपैँया घरभाडामा दिने गरेको भवन अभाव गाउँपालिका, नगरपालिका प्रमुखहरुले बताउने गरेका छन् ।

दार्चुलाका ७ वटा गाउँपालिका र २ वटा नगरपालिका सहित ९ वटा स्थानीय तह रहेको दार्चुलामा कार्यालय सञ्चालन गर्नका लागि आफनै भौतिक संरचना नहुदा सेवा प्रवाहमा समेत कठिनाई भैरहेको भवन नबनाएका स्थानीय तहका प्रमखहरुले बताउने गरेका छन् । भौतिक संरचना नहुँदा कार्यालयको सेवा प्रबाह तथा कर्मचारीहरु बस्न समेत निकै समस्या परेको स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गर्दैँ आएका छन् 
दार्चुलाको शैल्यशिखर नगरपालिकाले आफनो भवन नभएकाले ७ वटा कोठाको महिनामा ४० हजार रुपैँया भाडा दिनु परेको शैल्यशिखर नगरपालिका उपप्रमुख राजमति पालले बताउनु भयो । यदि शैल्यशिखर नगरपालिकाले एक वर्ष भित्रमा नै आफनो भवन नबनाएमा वार्षिक ४ लाख   ८० हजार रुपैँया भाडा बुझाउने देखिन्छ भने भाडा बुझाउनेमा सबैभन्दा अगाडी पनि शैल्यशिखर नगरपालिका नै देखिन्छ  । 
यस्तै दार्चुलाको व्यासँ गाउँपालिकाले आफनो भवन नहुदा महिनाको १४ हजार ५सय रुपैँया भाडा बुझाउने गरेको व्यासँ गाउँपालिकाका प्रशासकिय प्रमुख राम प्रसाद जोशीले बताउनु भयो । यता महाकाली नगरपालिका संग पनि आफनो भवन छैन तर पनि महाकाली नगरपालिकाले कर्मचारी अवास गृहमा सरेपछि भाडाबाट मुक्तm भएको छ । 
उता मालिकार्जुन गाउँपालिका संग पनि  आफनो भवन नहुदा महिनाको १८ हजार रुपैँया बुझाउने गरेको मालिकार्जुन गाउँपालिका प्रशासकिय प्रमुख हरि प्रसाद साउदले बताउनु भयो । उता लेकम गाउँपालिकाको पनि आफनो भवन बनाउन सकेको छैन अहिले विद्यालयको खाली कोठाहरुमा कार्यालय सन्चालन गरिरहेको र भाडा भने नदिने गरेको लेकम गाउँपालिकाका निमित्व प्रमुख नारायण दत्त भट्टले बताउनु भयो । 
उता दुहु गाउँपालिकाले पनि आफनो भवन नहुदा महिनाको १८ हजार रुपैँया तिरेर जनताहरुलाई सेवा दिइरहेको दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो । उता अपिहिमाल गाउँपालिका संग पनि आफनो भवन छैन अपिहिमाल गाउँपालिकाले पनि भवन अभावका कारण विद्यालमा नै आफनो कार्यालय खडागरी सेवा दिइरहेको र भाडा भने नदिने गरेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनु भयो । भाडामा लिएका भवनमा पनि कोठा अभावले एक कोठामा धेरै विषयगत कार्यालयका इकाईहरु सञ्चालन गर्नुपरेको छ। कतिपय आफ्नो भवन वनाउने जग्गा स्थानीय तहको नाममा गराईसकेका छन् भने कतिपयको केन्द्रको समेत टुङ्गो लाग्न सकेको छैन।

 दार्चुलाका २ वटा स्थानीय तहसंगमात्रै आफनै भवन छ 

दार्चुलाका २ वटा स्थानीय तहसंगमात्रै आफनै भवन रहेको छ । दार्चुलाको  मार्मा गाउँपालिकाले आफनै भवन बनाई सकेको छ भने दार्चुलाको नौगाड गाउँपालिकाले पनि आफनो भवन बनाउने काम लगभग अन्तिम चरणमा पुगाएको  छ ।