दार्चुला आइडल सात स्थानीय तहमा सम्पन्न 

५ बर्ष अघि

२0७५ माघ १७ बिहीबार

दार्चुला आइडल सात स्थानीय तहमा सम्पन्न 


सुलोचना महता, माघ १७ दार्चुला । दार्चुला जिल्लामा पहिलो पटक हुन लागेको दार्चुला आइडल सात स्थानीय तहमा सम्पन्न भएको छ । ती स्थानीय तहहरुबाट २६ जना दार्चुला आइडलको दोस्रो राउण्डका लागि छनोट भएका छन् ।

दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाबाट ११ जना सहभागी मध्ये ३ जना छनोटमा परेका छन् । त्यसैगरी मार्मा गाउँपालिकामा ५१ जना सहभागी मध्ये ३ जना, शैल्यशिखर नगरपालिकाबाट २४ जना मध्ये ३ जना, नौगाड गाउँपालिकामा ६० जना सहभागी मध्ये ७ जना, दुहु गाउँपालिका २३ जना सहभागी मध्ये ६ जना, मालिकार्जुन गाउँपालिका २४ जना सहभागी मध्ये २ जना र लेकम गाउँपालिका २० जना सहभागी मध्ये २ जना दार्चुला आइडलको दोस्रो राउण्डका लागि छनोट भएको दार्चुला आइण्डल समितिले जनाएको छ ।

बाँकी रहेको व्यासँ गाउँपालिकामा भोली १८ गते र  महाकाली नगरपालिकामा २० गतेका दिन दार्चुला आइडलको दोस्रो राउण्डका लागि छनोट हुने भएको छ ।

दार्चुला जिल्लामा पहिलो पटक प्रतिभा पहिचान गर्ने उद्देश्यको साथ जिल्लामा क्रियाशील सर्जकहरुको संस्था दार्चुला कला केन्द्रको संयोजक र फेबरेट मिडियाको आयोजनामा हुन लागेको प्रथम दार्चुला आइडलको दोस्रो राउण्ड यहि माघ २४ गते खाने र बस्ने सुविधा सहित जिल्ला सदरमुकाम खलंगामा हुने तथा फाइनल राउण्ड फागुन ४ गते जिल्लामा हुने आयोजकले जनाएको छ । दार्चुला आईडलमा प्रमथ द्धितिय र तृतिय हुनेलाई उचित पुरष्कार दिने र दार्चुला आईण्डलको उपाधी सहित गिफ्ट ह्याम्पर दिने आयोजकले जनाएको छ ।