दार्चुलामा नयाँ सु.प.चमेलिया यातायात व्यवसाय सघं दर्ता

५ बर्ष अघि

२0७५ माघ १७ बिहीबार

दार्चुलामा नयाँ  सु.प.चमेलिया यातायात व्यवसाय सघं दर्ता

सुलोचना महता, माघ १७ दार्चुला । दार्चुला जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ३ मा प्रधान कार्यालय रह्ने गरी सुदुरपश्चिम चमेलिया यातायात प्राईभेट लिमिटेड व्यवसाय संघ दर्ता भएको छ । कम्पनी ऐन २०६३ को दफा ५को उपदफा १ बमोजिम “सु.प.चमेलिया यातायात” दर्ता गरिएको सु.प.चमेलिया यातायात व्यवसायी संघका अध्यक्ष सुरेन्द्र सिँह धामीले बताए ।

सु.प.चमेलिया यातायात व्यवसायी संघको अध्यक्ष सुरेन्द्र सिँह धामी,उपाध्यक्ष भरत कुमार, काेषाध्यक्ष विक्रम सिँह धामी तथा सचिव पवन कुमार धामी रह्ने गरी ६ जनाको कार्यकारणी समिति रह्ने गरी कम्पनी दर्ता गरिएको उनले बताए ।

कम्पनी प्रबधन पत्रको दफा ४ (क) बमोजिम यातायात सेवा सञ्चालन गर्ने गरी कम्पनी दर्ता गरीएको सचिव पवन कुमार धामीले बताए । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा यहि माघ १३ गते आइतबार दर्ता गरिएको कम्पनीको स्थायी लेखा  नम्बर ६०६५८१९५० हो । सु.प.चमेलिया यातायात समिति मार्माले प्राइभेट लिमिटेड अन्र्तगत दार्चुलामा १३ वटा गाडीहरु सञ्चालन गरेको छ ।