वडा अध्यक्षमाथि हातपात भएको झुटो आरोपः गाउँपालिका अध्यक्ष बुढाथोकी(प्रेस विज्ञप्ती)

५ बर्ष अघि

२0७५ माघ १६ बुधबार

वडा अध्यक्षमाथि हातपात भएको झुटो आरोपः गाउँपालिका अध्यक्ष बुढाथोकी(प्रेस विज्ञप्ती)

सुलोचना महता, माघ १६ दार्चुला ।  दार्चुला जिल्लामा व्यासँ गाउँपालिका अध्यक्ष दिलिप सिँह बुढाथोकीले सोही गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष संग्राम सिँह विष्टमाथि हातपात भएको झुटो आरोप लगाईएको बताएका छन् । व्यासँ गाउँपालिका अध्यक्ष बुढाथोकीले पत्रकार सम्मेलन गरी वडा अध्यक्ष विष्ट माथि हातपात गरेको तथा मार्ने धम्की दिएको झुटा आरोप लगाएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी दार्चुला र अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी० दार्चुलाले सार्वजनिक गरेको प्रेस विज्ञप्ती गर्दैँको खण्डन गर्दैँ गाउँपालिकाको कार्यपालिकाको बैठक बिथोल्ने, बैठक कक्षमा तोडफोड गर्ने, कुर्सी टेबल भाच्ने तथा मेरो वडा मा गाउँपालिका छ, मैले चाहेको बेला जे पनि गर्छु भन्ने जस्ता गैर अभिव्यक्ति दिने र जातीय तथा सम्प्रदायिक ध्देश फैलाउने गाउपालिका अध्यक्ष को चरीत्र हत्या गर्ने वडा अध्यक्ष विष्टले गरेको गाउँपालिका अध्यक्षले आरोप लगाएका छन् । गाउँपालिकाको अध्यक्ष बुढाथोकीले आफु जस्तो जिम्मेवार व्यक्तिले नै वडा अध्यक्ष विष्ट माथि गरेको हातपात तथा धम्की नदिएको तथा भ्रामक समाचार भएको प्रेस विज्ञप्तीमा उल्लेख छ । स्थानीय सरकार सञ्चालन गर्दा प्रत्येक सदस्यले पालना गर्ने आचारसंहितामा प्रतिबद्धताको सपथ खाएको तथा आफु जस्तो जिम्मेवार व्यक्तिले वडा अध्यक्ष माथि हातपात नगरेको गाउँपालिका अध्यक्ष बुढाथोकीको दाबी छ । व्यासँ गाउँपालिका अध्यक्ष दिलिप सिँह बुढाथोकीबाट सोहि गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष संग्राम सिँह विष्ट माथि सोमबार हातपात गरेका थिए । झुटा आक्षेपले स्वयम सग्राम सिह बिस्ट तथा उहाँको पदिय मर्यादा एवमंी निर्वाचित भएको पार्टीलाई समेत कुनै लाभ नहुने र गाउँपालिकाको कार्यपालिका बैठकमा भएका आन्तरिक विषयमा थप छलफल र चिन्तन गाउपालिका मै हुन सक्ने बैधानिक प्रावधान हुँदाहुँदै प्रशासनिक हार गुहारबाट गलत परम्पराको संस्कार अभिबृदी हुने हुँदा आइन्दा यस्ता दुस्प्रचार नगर्न नगराउन प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।बुधवार दिउँसोदेखि व्यास गाँउपालिका कार्यालयमा वडा नम्बर ४ का वडाअध्यक्ष संग्राम सिह विष्टलाई गाँउपालिका अध्यक्षले कार्यपालिका बैठकमै आक्रमण गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले तालाबन्दी गरेका छन् ।