पशुपति शिक्षा मन्दिर विद्यालयमा “शहीद दिवस” मनाइयो 

५ बर्ष अघि

२0७५ माघ १६ बुधबार

पशुपति शिक्षा मन्दिर विद्यालयमा “शहीद दिवस” मनाइयो 

सुलोचना महता, माघ १६ दार्चुला ।दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ मा रहेको पशुपति शिक्षा मन्दिर विद्यालयले आज शहीद दिवस मनाएको छ । देश र जनताहरुका लागि बलिदान दिने वीर सपूतहरुको सम्झनामा शहिद दिवस मनाएको पशुपति शिक्षा मन्दिर विद्यालयले “शहीद दिवस” मनाइएको हो ।
विद्यार्थीहरुमा वीर सहिदहरुको जस्तो  देशभक्ति भावना जागकृत गर्ने उद्देश्यले विद्यालयमा विभिन्न कार्यक्रम आयोजना गरी “शहीद दिवस” मनाइएको पशुपति शिक्षा मन्दिर विद्यालयका प्रधानाध्यापक प्रेम जोशीले बताए । निरंकुश राणा शासन विरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी नेपाली जनताको हक, अधिकारका निम्ति क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई वि.सं. १९९७ माघ १० गते टेकुस्थित खरीको रुखमा झुन्डयाएर हत्या गरिएको थियो । त्यसैगरी सोही साल धर्मभक्तलाई माघ १३ गते झुन्डयाएर हत्या तथा माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । देश र जनताको लागि आहूति गर्ने यी चार शहीद र अन्य योद्धाहरुको सम्झनामा शहीद दिवस मनाइएको विद्यालयले जनाएको छ । 

पशुपति शिक्षा मन्दिरका प्रधानाध्यापक प्रेम जोशी एवंम हिन्दु स्वयंमसेवक संघ जील्ला सञ्चालक ललन दुवेदीको प्रमुख आतिथ्यतामा पशुपति शिक्षा मन्दिरमा “शहीद दिवस” मनाइएको छ । “शहीद दिवस” को उपलक्ष्यमा विद्यालयमा कविता वाचन, गीत लगायत अन्य कार्यक्रम गरी मनाइएको छ ।