आज  शहीदहरुको सम्झनामा “शहिद दिवस” मनाईदैँ 

५ बर्ष अघि

२0७५ माघ १६ बुधबार

आज  शहीदहरुको सम्झनामा “शहिद दिवस” मनाईदैँ 


दृष्टिकाेण समाचार, माघ १६ दार्चुला ।आफ्नो देश र जनताहरुको अधिकारका निम्ति जीवन आहूति गर्ने वीर शहीदहरुको आज मुलुक भरी नै शहिद दिवस मनाइँदै छ । नेपाली जनताको हक, अधिकारका निम्ति निरंकुश पुञ्चायती व्यवस्था तथा जहानियाँ राणा शासन विरुद्ध प्रजातान्त्रिक तथा लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो अमुल्य जीवनको बलिदान गरेका नेपाली आमाका वीर सपूतहरुको स्मृतिमा हरेक वर्ष नेपालीहरुले शहीद दिवस मनाइदैँ आएका छन् । देश तथा जनताका निम्त जीवन बलिदान गर्ने वीर शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको लगायत अरु देशका लागि योगदान दिने अरु योद्धाहरुलाई स्मरण गदैँ शहीद दिवस मनाइएको हो । देशभरी नै माघ १० गते देखि १६ गते सम्म मनाइने दिवसलाई  “शहीद सप्ताह” पनि भनिन्छ । निरंकुश राणा शासन विरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी नेपाली जनताको हक, अधिकारका निम्ति क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई वि.सं. १९९७ माघ १० गते टेकुस्थित खरीको रुखमा झुन्डयाएर हत्या गरिएको थियो । त्यसैगरी सोही साल धर्मभक्तलाई माघ १३ गते झुन्डयाएर हत्या तथा माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । शहीद दिवशको अवसरमा हाल सम्म नेपाल सरकारले सार्वजनिक बिदा गर्ने भएपनि यस वर्ष बिदा कटौती गरेको छ । तर प्रदेश नं ३ सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । शहीद दिवशको अवसरमा हरेक नेपाली नागरिकमा पनि वीर सहिदहरुको जस्तो देशभक्ति भावना जागकृत गर्न विभिन्न कार्यक्रम आयोजना मनाइदैँ छ ।