ग्रामिण विकास विषयको सम्भाव्यता अध्ययन

५ बर्ष अघि

२0७५ माघ १५ मंगलवार

ग्रामिण विकास विषयको सम्भाव्यता अध्ययन



सुलोचना महता, माघ १५ दार्चुला । दार्चुला जिल्लाको सदरमुकाम खलंगामा रहेको सदुरपश्चििमाञ्चल विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस स्नातकोत्तर तह(एम.ए) सम्म ग्रामिण विकास विषय सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन हुने भएको दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्ण साउदले बताएका छन् । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) दार्चुला बहुमुखी क्याम्पस इकाई कमिटिले आयोजना गरेको आगुन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रममा बोल्दैँ उक्त कुरा बताएका हुन् । नेपाल ग्रामिण मुलुक हुदाँ “ग्रामिण विकास” विषयको महत्वपूर्ण भएकाले हाल दार्चुला बहुमुखी क्याम्पसमा वि.एड सम्म अध्ययन भईरहेकोमा हाल स्नातकोत्तर सम्म अध्ययन गर्नका लागि पहल गरिएको सदुरपश्चििमाञ्चल विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका प्रमुख साउदले बताए । सदुरपश्चििमाञ्चल विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहसम्म ग्रामिण विकास विषयको सम्भाव्यता अध्ययन गर्नका लागि केन्द्रिय क्याम्पसबाट उप—प्राध्यापक डम्मर सिँह बोहरा आएको समेत क्याम्पसका प्रमुख साउदले बताएका छन् । सम्भाव्यता अध्ययन पछि क्याम्पसलाई स्वीकृती प्राप्त भएपछि स्नातकोत्तर तहसम्म ग्रामिण विकास विषयका कक्षाहरु सञ्चालन गरीने उहाँको भनाई छ । 
 क्याम्पस प्रमुख श्री कृष्ण सिह साउद ज्यूको अध्यक्षता एवमं दार्चुलामा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकाय डिनको कार्यालयबाट स्नातकोत्तर तहमा ग्रामिण विकास  विषयको सम्भाव्यता अध्यनका कार्यका लागि केन्द्रिय क्याम्पसबाट दार्चुला आएका  उप प्राध्यापक श्री डम्मर सिह बोहरा ज्यूको प्रमुख आतिथ्यतामा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) दार्चुला बहुमुखी क्याम्पस इकाई कमिटिले आयोजना गरेको आगुन्तुक विद्यार्थीहरुको  स्वागत कार्यक्रम सम्पन्न भएको छ ।