दार्चुलामा गाउँपालिका अध्यक्षबाट वडा अध्यक्ष कुटिएको विरोधमाः प्रेस विज्ञप्ती  

५ बर्ष अघि

२0७५ माघ १५ मंगलवार

दार्चुलामा गाउँपालिका अध्यक्षबाट वडा अध्यक्ष कुटिएको विरोधमाः प्रेस विज्ञप्ती  


सुलोचना महता, माघ १५ दार्चुला । दार्चुला जिल्लामा व्यासँ गाउँपालिका अध्यक्ष दिलिप सिँह बुढाथोकीबाट सोहि गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष संग्राम सिँह विष्ट कुटेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी दार्चुला र अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) दार्चुलाले प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । व्यासँ गाउँपालिका अध्यक्षले गाउँपालिकाको कार्यपालिकाको बैठक भईरहेको बेला वडा अध्यक्ष विष्ट माथि सांघातिक आक्रमण गरी गाली, बेइज्जती तथा ज्यान मार्ने धम्की दिएको हुदाँ मंगलबार प्रेस विज्ञप्ती निकालेको हो । प्रेस विज्ञप्तीमा गाउँपालिकाको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै वडा अध्यक्ष विष्ट माथि गरेको हातपात तथा धम्की दिएको प्रति खेद प्रकट गर्दै घोर भत्सर्ना गर्ने नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले जनाएको छ । घटनाबाट जनप्रतिनिधिहरुले नै अरु जनप्रतिनिधि माथि गरेको व्यवहार तथा असुरक्षा महसुस गनु परेको भन्दैँ पदिय मर्यादा र सार्वजनिक आचरण विपरित सार्वजनिक अपराध गर्ने गाउँपालिका अध्यक्ष बुढाथोकीलाई कानुनी कारबाही गर्नुपर्ने प्रेस विज्ञप्तीमा उल्लेख छ । व्याँस गाउँपालिका अध्यक्ष माथि कारबाही गर्न राज्य नियामक निकाय सँग जाेरदार माग गर्नुका साथै कारबाही नगरेमा नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले कडा संघर्षमा उत्रिने विज्ञप्तीमा उल्लेख छ । व्यासँ गाउँपालिका अध्यक्ष दिलिप सिँह बुढाथोकीबाट सोहि गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष संग्राम सिँह विष्ट माथि सोमबार हातपात गरेका थिए ।